Shere Parsa
समाचार

एन प्याब्सनले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम

मधेसखबर
वीरगन्ज ,२० भदौं : वीरगन्जमा नेशनल प्याब्सन पर्साको आयाेजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ ।

साेमबार ग्लाेबल विजनेश कलेजमा आयाेजित हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम, ग्रिनल्याण्ड मावि द्वितीय र विद्यासदन मावि तृतीय भएका छन् ।प्रतियोगितामा एपेक्स स्कुलले सान्तवना स्थान हासिल गर्याे ।

एन प्याब्सन पर्साका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षता एंव एन प्याब्सन मधेस प्रदेशका अध्यक्ष नन्दन यादवको प्रमुख आतिथ्यतामा सम्पन्न हाजिरी जवाफ प्रतियोगिताकमा पहिलाे , दाेश्रो र तेश्रो स्थान हासिल गरेका विधालयका विधार्थीहरुलाई एन प्याब्सनका केन्द्रिय सदस्य इन्द्रदेव साह , जिल्ला कोषाध्यक्ष राजेश लिम्बु , जिल्ल सल्लाहकार लाल बहादुर गुरुङ , नेपाल रग्बी एसोसियसनका मधेस प्रदेश अध्यक्ष उत्तम गुप्ता, सचिव सोनालाल पटेल लगायतले शिल्ड र प्रमाण पत्र बितरण गरेका थिए ।

Related posts

नेशनल मेडिकल कलेजमा जुनियर विधार्थीसंग र्‍यागिङ

मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

मालपाेत कार्यालय सारेकाे विराेधमा कलैयामा प्रदर्शन

Leave a Comment