Shere Parsa
समाचार हेडलाइन

भूमि आयोगद्धारा भुमीहिनका लागि पर्सागढीबाट नाप नक्सा कार्यको शुरुवात


मधेसखबर
वीरगञ्ज , भाद्र १५
पर्साको सबै १४ वटा पालिकामा लगत संकलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिँदै सोही अनुसार बुधबार पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ बाट यसको सुभारम्भ गरेको जानकारी दिएका छन् ।

बुधबार पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ को कटानीबाट यो कार्यको औपचारीक रुपमा सुरुवात गरीएको हो ।

पर्साका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा बितरण गर्ने उद्देश्यले कार्य अघि बढाईएको अहमदले जनाएका छन् ।

भूमि आयोग पर्सा सदस्य सचिव एवंम् प्रमुख नापी अधिकृत नारायण कुमार श्रेष्ठले पर्साका सबै पालिकामा रहेका भुमीहिन सुकुम्बासीहरुका लागि नापी कार्यालयले भुमी आयोगसंगको सहकार्यमा नापनक्साको कार्य अगाडी बढाएको र चाँडै भुमी सम्बन्धि समस्यामा परेका सबै नागरीकको जग्गाधनि पुर्जाको लागि प्रकृया सुरु हुने जानकारी दिएका छन् ।

सरकारले दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी मध्ये खासगरी दलित समुदायलाई निशुल्क र भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई मालपोत निर्धारण मुल्यको ८ देखी २०० प्रतिशत राजश्व बापतको रकम लिएर जग्गा धनी पुर्जा उपलब्ध गराउने योजना अघि बढाएको भूमि आयोग पर्सा सदस्य सचिव एवंम् प्रमुख नापी अधिकृत नारायण कुमार श्रेष्ठले बताएका छन् ।


शहरी क्षेत्रमा करिव ७ धुर( १३० वर्गमिटर ) अन्य क्षेत्रमा करिव एक कठ्ठा( ३४० वर्ग मीटर ) र कृषि प्रयोगका लागी करिव एक कठ्ठा १८ धुर ( २ हजार वर्गमिटर )क्षेत्रफल जग्गा उपलब्ध गराईने बताईएको छ । यसका साथै कृषि योग्य जग्गा महानगरपालिका ,उपमहापलिका र नगरपालिकाको शहरी क्षेत्रमा वाहेक अन्य क्षेत्रमा मात्र उपलब्ध गराईने प्रावधान रहेको छ।

यस्तै पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले पर्सागढी नगरपालिकामा रहेका भुमीहिन, भुमीहीन सुकुम्बासी लगायत भुमी सम्बन्धि समस्यामा रहेका हरेक जनताका लागि भुमी आयोगसंगको सहकार्यमा कार्य अगाडी बढाईएको र यसका लागि कर्मचारी नियुतिm गर्नेदेखी गाउँमा आफु खटेर भएपनि समयमै कार्य सम्पन्न गर्ने बताउँदै आवश्यक सहयोग ,समन्वय तथा सहकार्यका लागि आग्रह गरेका छन् ।

नेपालमा यस अगाबै पनि राष्ट्रिय भूमि आयोग गठन हुने, फाराम भर्न लगाउने काम भने विगतदेखि नै हुँदै आएको भएपनि देशभर देखिएकोे भूमि सम्बन्धी समस्या दिर्घकालीन रुपमा समाधान हुन सकेको नसक्दा भुमीहिन सुकुम्बासीहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

स्थानीयवासी बालकृष्ण श्रेष्ठले करीब ४३ वर्षदेखी भुमीहिन अव्यवस्थित भुमीमा बस्न बाध्य बुवा ,बाजेको पालादेखी हालसम्म पनि बस्न परीरहेको अवस्थामा भुमी आयोग र नापी कार्यालयले सरकार मार्फत थालेको यो कार्यले राहत मिलेको र धेरै आशा जगाएको भन्दै खुशी व्यक्त गरे ।

अर्की स्थानीयवासी सुस्मा श्रेष्ठले यसै देशको नागरीक भएपनि आफ्नो भन्ने जग्गाजमिनको लालपुर्जा नहुँदा सुकुम्बासी जिवन विताउनुपरेको वर्षाै वित्दा पनि हालसम्म आश्वासन बाहेक केही पनि प्राप्त नभएको अवस्थामा बारम्बार यसरी लगत संकलन गरेर लैजाने गरीएपनि काम भने कसैले नगरेको गुनासो गरीन् ।

उनले यसपालि सबै सब्मन्धित  व्यक्ती एव् संस्था लागि परेको देख्दा केही आशा पलाएको पनि उनले बताईन् ।

पर्सा जिल्लामा एक महानगरपालिका , तीन नगरपालिका र १० वटा गाउंपालिका रहेका छन् ।

यसपटक करिव १५ हजार घरपरिवारको हाराहारीमा जिल्लामा जग्गा प्राप्तका लागी लगत संकलन हुने प्रारम्भीक अनुमान छ । भुमी अयोग पर्साका अध्यक्ष अहमदले दशै अगावै उक्त लिकामा नापनक्साको कार्य अगाडी बढाउनले दाबी गरे ।

भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको नापनक्सा उद्घाटन कार्यक्रममा प्रमुख अथिती पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक , उपप्रमुख पुजा चौधरी , आयोगका कर्मचारी , स्थानीयवासी लगायत संचारकर्मीको उपस्थिती रहेको थियो । भुमी आयोगका अध्यक्ष अहमद र नगरपालिकाका प्रमुख पाठकले संयुक्त रुपमा नापनक्सा गर्ने मेसीनको रिमोट थिचेर नापनक्सा कार्यको सुभारम्भ गरेका थिए ।

Related posts

जालिमका छोरा मतपत्र र स्वास्तिक छाप सहित पक्राउ

पर्सामा निकुञ्जले पालेकै हात्तीको आक्रमणबाट माउतेको मृत्यु

मालपाेत कार्यालय सारेकाे विराेधमा कलैयामा प्रदर्शन

Leave a Comment