Shere Parsa
राजनीति

पर्सा २ बाट राजेन्द्र बहादुर अमात्यको नाम सिफारिस

मधेसखबर
वीरगन्ज, १५ भदौं : नेपाली काँग्रेसले पर्साको क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा सदस्यको उम्मेदवारमा संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको नाम सिफारिस गरेको छ ।

बुधबार पर्साको क्षेत्र नम्बर २ को प्रदेशसभा क र ख को छुटटा छुटटै बसेको बैठकले प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष उम्मेदवारमा पुर्व जिल्ला सभापति समेत रहेका अमात्यको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ कोइलाभारमा बसेको प्रदेशसभा क को क्षेत्रीय समितिले निर्वाचन क्षेत्र २ को क मा प्रदेशसभा सदस्य प्रत्यक्षमा वर्तमान प्रदेशसभा सदस्य राजेश्वर साह तेलीको नाम सिफारिस गरेको छ ।

यसैगरि उक्त प्रदेशसभा क्षेत्रमा सामानुपाति तर्फ विजय कर्ण , कामेश्वर मिश्रा , वीर बहादुर यादव , भरत प्रसाद तेली , रिमा देवी यादव , मीरा देवी थरुइन् , अर्चना चौधरी र गोकर्ण मैनालीको नाम सिफारिस गरेको छ ।

यता वीरगन्ज महानगरपालिका वडा नम्बर ६ माइस्थान अतिथी सदनमा बसेको क्षेत्र नम्बर २ को ख को बैठकले प्रतिनिधीसभा सदस्यमा समानुपातिक तर्फ डाक्टर सुस्मा तिवारी , कन्हैयालाल केसरी , शम्भु चौहान र रुपा देवी गुप्ता गरि ४ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

उक्त बैठकले प्रदेशसभा सदस्यमा प्रत्यक्ष तर्फ ओम प्रकाश शर्मा , श्याम पटेल , भोला प्रसाद कलवार , रामरुप कुर्मी , दिना गुप्ता , नरेन्द्र साह र राजनाथ ठाकुरको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेशसभा सदस्यमै समानुपातिक तर्फ मणिन्द्रलाल श्रेष्ठ , सन्जय चर्तुवेदी , विवेक शर्मा , गोपाल कुर्मी , महम्मद सतार मन्सुरी , विजय उपाध्याय , ध्रुब नेपाल , बैकुण्ठ श्रीवास्तव , दिलिप शर्मा बराल , दिपेन्द्र कुर्मी , प्रदीप कुशवाहा , विद्या श्रेष्ठ , प्रियंका केसरी , रुपा श्रेष्ठ , शीवनारायण साह र सुखल हजरा पासवानको नाम सिफारिस गरेको काँग्रेसको प्रदेश सभा क्षेत्र ख का प्रवक्ता सन्जय चर्तुवेदीले जानकारी दिए ।

प्रदेशसभा क्षेत्रीय कार्य समितिले प्रतिनिधीसभा क्षेत्रीय कार्य समितिमा उम्मेदवाहरुको नाम सिफारिस गरेको चर्तुवेदीले बताए ।

Related posts

भ्रष्टचारको अन्त्य र रोजगार नै मेरो एजेण्डा हो : युवा उम्मेदवार सर्राफ

बारा ४ मा एमालेका प्रभावशाली नेता कुर्मी लाेसपामा प्रवेश

मतदातासंग भोट माग्दै अजय चौरसियाले भने : काँग्रेसलाई जिताउनु देशकै आवश्यकता हो

Leave a Comment