Shere Parsa
समाचार हेडलाइन

युवा र पाका दुवैलाई समय र आवश्यक्ताका आधारमा स्थान दिनुपर्ने : मन्त्रि यादव


मधेसखबर
वीरगञ्ज १२ भाद्र । सोच र आफ्नो कार्यमा सकृय जुनसुक्कै उमेर समुहका व्यक्तिलाई युवा भन्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
मानिसको युवापन उसको उमेर भन्दा पनि उसको सोच्ने शतिmले निर्धारण गर्ने वक्ताहरुको भनाई छ ।

वीरगञ्ज आईतबार मध्यनेपाल मिडिया प्रालिको छैठौ वार्षिकउत्सवको अवसरमा आयोजित नेतृत्वमा युवा की पाका अन्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

त्यस्तै युवा होस् वा पाका उमेरका व्यक्ती , समय र परिस्थिती अनुसार देश र समाजका लागि दुवैको आवश्यक्ता रहेको नेपाल सरकारका बन तथा वातावरण मन्त्रि प्रदीप यादवले बताएका छन् ।


वीरगञ्जमा आयोजित मध्यनेपाल साप्ताहीक पत्रिकाको छैठौ बार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि यादवले पाकाका अनुभव र युवाको जोस जागरलाई सही सदुपयोग गर्न सके देश विकासमा ठुलो टेवा पुग्ने बताए ।

तर हाल पनि राजनीती लगायत हरेक क्षेत्रमा युवाको सृजनशीलता र पाकाको अनुभवको सही प्रयोग भन्दा पनि फरक परिस्थिती देखीने र भोगिने अवस्था रहेको भन्दै मन्त्रि यादवले पाका उमेर समुहका व्यक्तीले युवासंग आजको आधुनिक युगका विभिन्न ज्ञान लिन हिच्किचाउन नहुँने र युवा समुहले पाका उमेर समुहका व्यक्तीहरुबाट विभिन्न अनुभव साटासाटा गर्दै युवाको जोश र पाकाको होस् लिएर अगाडी बढ्नुपर्ने आवश्यतmा आँैल्याए ।


त्यस्तै कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले युवा वा पाका दुवै थरीका क्यक्तीले राष्ट्र संचालन लगायत हरेक क्षेत्रमा राम्रो गर्न सक्ने अवस्था रहेको बताए ।

उनले पाकाका अनुभव ,ज्ञान सिपलाई युवामा परिमार्जित गर्दै युवा उमेर समुहकालाई अबका दिनमा प्राथमिकता दिनुपर्ने आवश्यक्ता औँल्याएका छन् ।

त्यस्तै राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमदले ४० वर्ष भन्दा कम उमेरका युवाले मात्रै गर्न सक्ने कुरा भ्रम मात्रै रहेको बताउँदै युवा भनेको सिर्जनशिलताको अर्को नाम रहेको बताए ।


उनले पछिल्लो समय ४० वर्ष भन्दा मुनिका उमेर समुह भएका जनप्रतीनिधीहरु नेतृत्वमा आएपनि भने र सोचे जस्तो सकृयता र सिर्जलशिलता देखाउन नसकेको तथा गतिशिलताको आभास हुन नसकेको भन्दै राजनीतीक दल वा जुनसुक्कै क्षेत्रको विकासका लागि उमेरसंगै सक्षम हुन पनि उत्तिकै आवश्यक रहेको बताए ।

त्यसैगरी कार्यक्रममा वीरगञ्ज उधोग बाणिज्य संघका अध्यक्ष डा.सुबोध गुप्ताले युवा मात्र नभई महिलाको सहभागिता र सकृयताले हरेक क्षेत्रमा फड्को मार्न सकिने भन्दै त्यही उद्देश्यले विगत ७८ वर्षदेखी हुन नसकेको सहभागीता आफ्नो कार्यकालमा गरीएको उनले बताए ।

उनले उधोग बाणिज्य संघमा महिलाको सहभागीता नै रहेको अवस्थामा हाल कार्यसमितिमा ३ जना महिला र उपसमितिहरुमा २७ जना महिलालाई प्राथमिकताका साथ सहभागीता गराएको दाबी गरे ।

अध्यक्ष गुप्ताले आगमी दिन देश वा हरेक क्षेत्रमा सकारात्मक विकाका लागि युवा र महिलालाई अवसर र स्थान बराबर दिनुपर्ने बताए ।

कार्यक्रममा छैठो वर्ष पार गरी सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मध्यनेपाल सन्देश साप्ताहीक पत्रिकाले विभिन्न व्यतिmत्वलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती बन तथा बातावरण मन्त्रि प्रदीप यादवलाई साप्ताहीककी सम्पादक कविता खड्काले सम्मान गरेकी थिईन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ महोतरी शाखाकी कार्यअध्यक्ष सुनिता बराललाई नगद सहित सम्मान पत्रले सम्मान गरीएको छ भने नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित हुने पत्रिका भोजपुरी टाईम्स्का अजय चौरसियालाई पनि सम्मान गरीएको हो ।

त्यस्तै वीरगञ्ज उधोग बाणिज्य संघका डा .सुबोध गुप्ता ,डाक्टर अमर क्याल , रामराज श्रेष्ठ , कुबेर कार्की , सतिस वर्णवाल , कमला भण्डारीलाई पनि पत्रिकाले कदर पत्र सहित सम्मान गरेको हो ।

कार्यक्रममा अन्तक्रियाका क्रममा युवा समाजसेवी कमल चौगाई , कोपिला चौलागाई , निला राम , ओम श्रेष्ठ लगायतले विषयवस्तुमा आ आफ्ना विचार राखेका थिए ।

वीरगञ्जबाट प्रकाशित हुने साप्ताहीक पत्रिका मध्यनेपाल सन्देश साप्ताहीककी संचालक एव् सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , सदस्य केसी लामिछाने , मधेश प्रदेशका सचिव श्याम बन्जारा , पर्साका उपाध्यक्ष युवराज खड्का , पोखरीया नगरपालिकाकी पुर्व उपमेयर सलमा खातुन , वीरगञ्ज महानगरपालिकाकी पुर्व उपमेयर शान्ति कार्की , नेपाली काँग्रेसकी नेतृ शुष्मा तिवारी , रम्भा मिश्रा , नेपाल रेडक्रस सोसाईटीकी मधु राणा , वरीष्ठ व्युटीसियन गुड्डी जोशी , उषा साह , विभिन्न राजनीतीक दलका प्रतीनिधि , संघसंस्थाका प्रतीनिधि ,संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाकी गिता भण्डारी र कार्यक्रमबारे विजय भण्डारीले प्रकाश पारेका थिए  भने कार्यक्रमको संचालन पत्रकार लक्ष्मी खरेलले गरेकी थिईन् ।

 

Related posts

काँग्रेसका जनार्दन सिंह क्षेत्री फराकिलो भारी मतान्तरले विजयी

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वीरगन्जमा दसैं मेला : जाने हैन त जलेबी खान ?

Leave a Comment