Shere Parsa
राष्ट्रिय

पर्सा राष्ट्रिय निकुञ्जको वार्डेन डा. अशोक राम

मधेसखबर

वीरगन्ज,११ भदौं : पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयको  प्रमुख संरक्षण अधिकृत (वार्डेन) को  जिम्मेवारी डाक्टर अशोक रामले पाएका छन् ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागले हात्ती विशेषज्ञ डा.  रामलाई पर्सा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी दिएर पठाएको हो ।

यसअघिका प्रमुख संरक्षण अधिकृत मनोज साहको निकुञ्ज विभागमा काज सरुवा भएपछि विभागले डा. रामलाई प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी दिएको हो ।

केही समय पहिले कोशी टप्पु वन्यजन्तु आरक्षको प्रमुखको जिम्मेवारीमा रहेका डा. रामलाइ विभागले काज सरुवा गरेर विभागमै राखेको थियो।

डा.राम , हात्तीको विषयमा विद्यावारिधि गर्ने नेपालकै पहिलो र एकमात्र हात्ती विशेषज्ञ हुन् ।उनले केही बर्ष पहिले पर्सा राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृतको जिम्मेवारी सम्हालि सकेका छन्।

Related posts

नागरिकता विधेयक बारे राष्ट्रपति सकरात्मक हुनुहुन्छ : लोसपा नेता सोनल

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्

Leave a Comment