Shere Parsa
हेडलाइन

भूमि आयोग पर्साको सक्रियतामा कार्य जारी


मधेसखबर
१० भदौ, वीरगञ्ज
पर्साको पर्सागढी नगरपालिका–२ मा विद्यमान भूमि सम्बन्धी समस्या समाधान गर्न नाप नक्साको काम अघि बढाईने भएको छ । भदौ १५ गतेदेखि नाप नक्साको काम अघि बढाउने सहमति भएको जनाईएको हो ।

राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद सहितको पदाधिकारी र कर्मचारीहरुको संयुक्त टोलीले बिहीबार स्थलगत अनुगमन गर्दैै नाप नक्साको काम अघि बढाउने जनाएका हुन् ।

पर्सागढी–२ कटानी, शान्तिटोल र वडा नं १ को जमुनाटोलमा वर्षौदेखि बसोबास गर्दै आएका स्थानीयवासीको नाममा जमिनको लालपुर्जा हालसम्म नभएको देखीएको छ ।

स्थानीय अगुवाहरुका अनुसार वि.स.२०३५ सालतिर जंगल फडानी गरेर यी बस्ती बसालेको देखीन्छ । आयोग गठन हुने, फाराम भर्न लगाउने काम भने विगतदेखि नै हुँदै आएको भएपनि गाउँको भूमि सम्बन्धी समस्या समाधान हुन सकेको छैन ।

स्थानीय बालकृष्ण श्रेष्ठका अनुसार वि.स. २०५८ सालमा तत्कालिन सुकुम्बासी आयोगले ३६ जनालाई लालपुर्जा नै दिएको थियो । स्थानीय कार्यालयदेखि मन्त्रालयसम्म पटक पटक धाउँदा पनि लालपुर्जा प्राप्त नभएको गुनासो उनको छ ।

भूमि आयोग पर्साका अध्यक्ष अहमदले यस अघिका आयोगले छोडेका अधुँरो काम अघि बढाउन स्थलगत अनुगमन गरिएको अध्यक्ष अहमदले जानकारी दिए । भूमि सम्बन्धी समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेर पर्सागढी नगरपालिकाले लगत संकलन समेत गरिसकेको छ ।

१ हजार ६ सय ८३ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले फाराम भरेका छन् ।
पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले पालिकामा विद्यमान भूमि सम्बन्धि समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

स्थलगत अनुगमनमा वडा नं २ का अध्यक्ष विरेन्द्र महतो, नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, मालपोत कार्यालयका प्रमुख, भूमि आयोग पर्साका सदस्य लगायत सहभागी थिए ।

Related posts

वीरगन्जसंग गद्धारी गर्नेहरुसंग सचेत रहन काँग्रेस उम्मेदवार कुर्मीको आग्रह

महिलाको बारेमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै बाबा रामदेव विवादमा

काँग्रेस उम्मेदवार चौरसियाको वाचा : चुनाव पछि काँग्रेसको पहिलो काम नागरिकता विधेयक प्रमाणिकरण

Leave a Comment