मधेसखबर
वीरगन्ज,०८ भदौ: पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ निर्मलबस्ती नजिकै बुधबार मोटरसाइकल दुर्घटना हुंदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
ठोरी ३ को शिकारीबासमा आफन्तकोमा पुगेर फर्कदै गरेका वीरगन्ज महानगरपालिका वडा नंबर ९ का कर्मचारी जगत दीप बिष्टको मृत्यु भएको हो ।
हुलाकी सडक आइपुग्नै लाग्दा कच्ची बाटोमा बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटना स्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको अनुमान गरिएको इप्रका ठोरीले जनाएको छ ।