Shere Parsa
राजनीति हेडलाइन

काँग्रेस उम्मेदवार चौरसियाको वाचा : चुनाव पछि काँग्रेसको पहिलो काम नागरिकता विधेयक प्रमाणिकरण

मधेसखबर
वीरगन्ज,०२ कात्तिक : पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार बाहेक बागी वा स्वतन्त्र उम्मेदवारलाई काँग्रेसका नेता र मतदाताले नचिन्ने बताएका छन् ।

मङगलबार साँझ वीरगन्जमा चुनावी घरदैलो कार्यक्रम गर्नु अघि सन्चारकर्मीसंग कुरा गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले भने ,‘ यो चुनावमा काँग्रेसका मतदाताले सत्तागठबन्धन बाहेकका अरु उम्मेदवारलाई चिनेका छैनन् , काँग्रेसका मतदाता सत्तागठबन्धनलाइ जिताउन लागेका छन् ।

चौरसियाले अबको निर्वाचनबाट बन्ने काँग्रेस गठबन्धनको सरकारले पहिलो काम राष्ट्रपतिले रोकेर राखेर राखेको नागरिकता विधेयक प्रमाणिकरण गराउने रहेको बताए । चौरसियाले भने ,‘ एमाले र केपी ओलीको मतियार बनेर राष्ट्रपतिले जुन नागरिकता विधेयक रोकेर राख्नु भएको छ , अब बन्ने काँग्रेस नेतृत्वको सरकारको पहिलो काम भनेको त्यो विधेयक प्रमाणिकरण गराउने हुन्छ ।

संविधानलाइ सधैका लागि ध्वस्त गरेर लोकतन्त्रलाइ नै सिध्याउने योजना अनुरुप दुइ दुइ पटक संसद भंग गरेको दल एमाले र उसका अध्यक्ष केपी ओलीलाई जनतासंग भोट माग्ने नैतिक अधिकार नै नभएको उनले बताए । उनले भने ,‘ आफनै पार्टीको दुइ तिहाइ सरकार गिराएर आफनै दल सिध्याउन खोज्ने ओलीमा लोकतन्त्र प्रतिको निष्ठा कहिले पनि थिएन , त्यस्ता नेता र दलले अहिले फेरि मत माग्दैछन् , त्यस्तालाइ जनताले के का लागि मत दिने ? त्यसका कारण एमाले र ओलीले जितको सपना नदेखे हुन्छ ।

संविधान र लोकतन्त्र रक्षाका लागि नै पाँच दलीय गठबन्धन बनेको स्मरण गराउदै चौरसियाले भने ,‘ संविधान र लोकतन्त्र रक्षाका लागि जनताले फेरि काँग्रेस र सत्तागठबन्धनलाई बहुमत दिन्छन् ।

आफनो चुनावी एजेन्डा बारे जानकारी दिदै चौरसियाले विगतका सांसद जस्तो गेट बनाएर भ्रष्टचार गर्दिन , अहिले बनाइएका हरेक गेटमा ठूलो भ्रष्टचार भएको छ , म हरेक विधालयको शैक्षिक र भौतिक गुणस्तरमा सुधार गर्छु ,स्वास्थ्य संस्थाको स्तरोन्नती गराउछु ।

उनले पहिले आफु मन्त्री हुदा पनि गाँउ गाँउमा विद्युतीकरण गराउनुका साथै सडक र पुलहरु बनाएको कुरा जनताले देखेको भन्दै अब जितेर सांसद बन्दा पनि तीनै कामहरुलाइ निरन्तरता दिने बताए ।

प्रदेशसमभा सदस्यका उम्मेदवारद्वय श्याम पटेल र रमेश कुर्मीलाई संगै लिएर चौरसिरयाले वीरगन्ज महानगरपालिका वडा नम्बर ९ को रानीघाटबाट शुरु गरेको घरदैलो कार्यक्रम वडा नम्बर १० र ६ का केहि टोलमा पनि भएको थियो । घरदैलो कार्यक्रममा काँग्रेस र लोसपा दुवै दलका नेता कार्यकर्ताको सहभागीता थियो ।

Related posts

स्वतन्त्र उम्मेद्वार सिंहको चुनावी घरदैलो अभियान निरन्तर

जालिमका छोरा मतपत्र र स्वास्तिक छाप सहित पक्राउ

वीरगन्जको अलौंमा कौडाको खालबाट चार जुवाडे पक्राउ

Leave a Comment