Shere Parsa
समाचार स्वास्थ्य

कोरोना भाईरस संक्रमितको संख्या एक हजार नाघ्यो


मधेसखबर
वीरगञ्ज , साउन २४ गते । कोरोना संक्रमितको संख्या मंगलबार एक हजार नाघेको छ । त्यस्तै कोरोना भाईरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जनाको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

जसमध्ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ५० जना र ३ हजार ३ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या हाल ५ हजार ८ सय ०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्ये ५ हजार ५ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय १३ जना संस्थागत आइसोलेसन र ६१ जना आईसीयूमा छन् ।

यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६ हजार ७ सय ६२ पुगेको छ ।

Related posts

प्रहरीद्वारा १० हजार लिटर घरेलु मदिरा नष्ट

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

मजदुर रिहाईको माग गर्दै बाराको सिडिओ कार्यालय अगाडि प्रदर्शन

Leave a Comment