Shere Parsa
मधेस प्रदेश

बारामा १२ वटा मोटरसाइकल सहित चोरको गिरोह नै पक्राउ

मधेसखबर
वीरगन्ज , २४ साउन : बारामा प्रहरीले मोटरसाइकल चोरको गिरोहलाइ नै पक्राउ गरेको छ ।जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले मोटरसाइकल चोरीको गिरोहमा संलग्न ६ जनालाइ पक्राउ गरेको हो ।

प्रहरीले चोरीका १२ वटा मोटरसाइकल पनि बरामद गरेको छ । चोरीका मोटरसाइकल सहित पक्राउ परेकाहरुलाइ प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

बराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीका अनुसार , यहि साउन १९ गते बाराको बरियारपुरबाट दुइ थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पचरौता नगरपालिका ७ बेनौलीका २१ वर्षिय विशाल कुमार सहनी र २० वर्षिय भोला पटेललाइ पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका उनिहरुको बयानका क्रममा मोटरसाइकल चोरीको गिरोहमा संलग्नहरुको नाम खुलेपछि प्रहरीले गिरोहमा संलग्न अन्य ४ जनालाइ पनि पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सहनी र पटेलका साथै बेनौलीकै २० वर्षिय वृजमोहन साह सोनार, २० वर्षिय विजय पटेल , २४ वर्षिय हरिनारायण पटेल र २३ वर्षिय बरक सहनी रहेका छन् । उनिहरुको साथबाट चोरी गरि लुकाएर राखिएका नेपाली र भारतीय गरि विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

Related posts

हैसियत अनुसार सिट पाए मात्र लोसपाले चुनावी तालमेल गर्छ नत्र एक्लै लड्छ : सोनल

झालरबत्ती लगाउने क्रममा करेन्ट लागेर दुई जनाकाे मृत्यु

साइकल भ्रष्टचारमा प्रदेश सचिवको बयान : ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’

Leave a Comment