Shere Parsa
स्थानिय

वीरगन्ज महानगरपालिका आज बन्द

मधेसखबर
वीरगन्ज , २० साउन : वीरगन्ज महानगरपालिका कार्यालय शुक्रबार (आज) बिहान ११ बजे पछि बन्द रहेको छ ।

महानगरपालिकाको विधुत शाखामा कुल्ली पदमा कार्यरत कर्मचारी सुशील कुमार राउतको असमायिक निधन भएको शोकमा महानगरपालिकाको कार्यालयमा शुक्रबार (आज) एक दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द रहने महानगरपालिकाको कार्यालयले सुचना जारी गरेर जनाएको हो ।

राउतको शोकमा महानगरपालिकाको कार्यालयमा शुक्रबार बिहान ११ बजे शोक सभा पनि आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले जारी गरेको सुचनामा उल्लेख छ ।

Related posts

पर्साको ठोरीमा नमूना मतदान, सिडिओले पनि हाले भोट

राजमार्गमा पर्ने दुधौरा खोलाको पुल ४ बर्ष देखि अधुरै

वीरगन्जमा बालुवा बोकेको ट्याक्टरले किचिएर पाँच वर्षिय बालकको मृत्यु

Leave a Comment