Shere Parsa
पर्यटन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न विज्ञ टोली गठन

मधेसखबर
वीरगन्ज, २० साउन : बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र बहादुर देउजाको अध्यक्षतामा १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो ।

सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेश आएको एक महिना पछि सरकारले विज्ञ टोली गठन गरेर अन्तर्राष्टिय विमानस्थल निमार्ण प्रक्रियामा जानकारी लिन खोजेको हो । देउजा नेतृत्वको विज्ञ टोलीमा पूर्व अर्थसचिव रामेश्वर खनाल र पूर्वाधारविद् सूर्यराज आचार्य पनि छन्  ।

सर्वोच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराज श्रेष्ठले बताए । उनका अनुसार समितिलाई निजगढ बिमानस्थलको स्थलगत अध्ययन समेत गरेर आफनो प्रतिवेदन पेस गर्नका लागि एक महिनाको समय दिइएको छ ।

Related posts

वस्ती खालि भए मात्र निजगढ विमानस्थलका लागि रुख काट्ने अनुमति दिन्छौ : वन मन्त्री यादव

विश्व पर्यटन दिवसको अवसरमा वीरगन्ज नाकामा सरसफाइ र पर्यटकलाइ स्वागत

नेपाललाइ विश्वमा चिनाउन मुन्नाको वीरगन्ज–दिल्ली पैदल यात्रा शुरु

Leave a Comment