मधेसखबर
वीरगन्ज,१७ साउन : म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु भएको छ । पहिरोमा परि तीन जना बेपत्ता पनि भएका छन् ।
स्थानीय घाम बहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिए ।घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ। गोठे र उनकी श्रीमती गोरी बिक पहिरोमा परेर घाइते भएका छन्। घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन्।
स्थानीयबासीले बेपत्ताहरुको खोजी गरिरहेका छन्। मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिंडेको बताए। घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।