Shere Parsa
समाचार

नेविसंघ पर्साको अध्यक्षमा ईन्जिनियर यादव मनोनित

मधेसखबर
वीरगन्ज,२७ असोज : नेपाल विद्यार्थी संघ ( नेविसंघ ) पर्साको अध्यक्षमा ईन्जिनियर रमेश कुमार यादव मनोनित भएका छन् ।नेविसंघको केन्द्रिय कार्य समितिले यादवलाई पर्सा अध्यक्षमा मनोनित गरेको हो ।

नेविसंघ केन्द्रिय समितिले आसन्न संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेस पर्साबाट नेबिसंघको जिल्ला अध्यक्षको नाम माग गरेको थियो ।

त्यहि अनुसार काँग्रेस पर्साले गत असोज १३ गते यादवको नाम नेविसंघ पर्साको अध्यक्षको सिफारिस गरेकोमा नेविसंघ केन्द्रिय कार्य समितिले यादवलाइ जिल्ला अध्यक्षमा मनोनित गरेको हो ।

यादवलाइ , तीन महिना भित्र पर्सामा नेविसंघको जिल्ला अधिवेशन गराउन जिम्मेवारी पनि केन्द्रिय कार्यालयले दिएको छ ।

Related posts

ठाेरीबाट २० केजी गाजा बरामद

सत्ता गठनबन्धनका उम्मेदवारमा मतदान गर्न नेतृ देउवाको आग्रह

सिमरामा जगदम्बा स्टिलका एक मजदुरकाे मृत्यु

Leave a Comment