Shere Parsa
लुम्बिनी प्रदेश

करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु

मधेसखबर
वीरगन्ज, १७ साउन : दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् ।

करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घाइते भएकी छन् ।

 

प्रहरी निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो ।

बासु र हिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।सुरुमा करेन्ट लागेकी भिमाको अवस्था भने सामान्य छ । साभार :अनलाइनखबर

Related posts

सत्ता गठबन्धनलाई झट्का, रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज

गृहमन्त्री खाणलाई हराउदै राप्रपाका बोहोराले जिते

महाेत्तरी ४ मा जसपाका सुरेन्द्रलाई हराउदै काँग्रेसका महेन्द्र विजयी

Leave a Comment