Shere Parsa
स्थानिय हेडलाइन

पर्साकाे जगतियामा आगलागी हुदा फुसकाे घर जलेर नष्ट

मधेसखबर
वीरगन्ज ,०९ मंसिर : पर्साको जिराभवानी गाउँ पालिका वडा नम्बर १ जगतियामा बिहीबार राति आगलागी हुदा एउटा फुसकाे घर पुर्ण रुपले जलेर नष्ट भएको छ ।

राती १२ बजे तिर जगतियाका हरिहर खवासको घरमा अचानक आगलागी हुदा घरसंगै घरमा रहेका लत्ताकपडा भाडावर्तन विधुतीय उपकरणहर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक महेश्वर प्रसाद पासवानले जानकारी दिए ।

आगोलाई स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी सहायक निरिक्षक पासवानले बताए।

Related posts

मुस्लिम र थारुलाई मधेसीमा सिफारिस गरेपछि चर्को विरोध

पर्सा–बारामा फेसबुकबाटै उम्मेदवारी घोषणा गर्नेहरुको होडबाजी

पर्सा ४ मा कसले मगायो भारतबाट रुख छाप नभएको १५ हजार फर्जि मतपत्र ?

Leave a Comment