Shere Parsa
राष्ट्रिय हेडलाइन

पर्सा ४ मा कसले मगायो भारतबाट रुख छाप नभएको १५ हजार फर्जि मतपत्र ?

मधेसखबर
वीरगन्ज, ३० कार्तिक : भारतबाट अवैध रुपमा भित्रयाइएको ठूलो परिमाणमा मतपत्र सहित एक भारतीय पक्राउ परेका छन् ।
भारतसंग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्रयाउदै गरेको १५ हजार थान नमूना मतपत्र सहित भारत बिहारको नरकटिया ग्राम पन्चायत वडा नम्बर १४ घर भएका ४० वर्षिय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुदै मङगलबार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।

नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्रयाउदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको गिरीले बताए ।
प्रनाउ गिरिले भने ,‘ कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केहि खुल्न सकेको छैन , अनुसन्धान जारी छ ।

अवैध रुपमा भित्रयाइएको मतपत्र सहित पक्राउ परेका भारतीय नागरिक अहमदलाई कुन ऐन अन्तर्गत कारबाही प्रकृया अगाडि बढाउने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतसंग समन्वय भइरहेको पनि गिरिले जानकारी दिए ।
प्रहरीले अहमदका साथबाट बरामद गरेको मतपत्रमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख बाहेक अन्य सबै दलको चुनाव चिन्ह रहेकाले ती मतपत्रहरु पर्सा क्षेत्र नम्बर ४ का नेकपा एमाले र जसपाका उम्मेदवारहरुले मगाएको हुन सक्ने नेपाली काँग्रेसका युवा नेता राकेश यादवले बताए ।

उनले भने ,‘ एमालेका प्रतिनिधीसभा सदस्य उम्मेदवार जालीम मियाँ र जसपाका प्रदेशसभा सदस्य उम्मेदवार सिंहासन सा कलवारले नै चुनावमा धाँधली गर्न भारताबाट फर्जि मतपत्र मगाएका हुन सक्छन् ।

Related posts

नागरिकता विधेयक बारे राष्ट्रपति सकरात्मक हुनुहुन्छ : लोसपा नेता सोनल

चीनीया नेता लि भोलि नेपाल आउदै , गोप्य भेटघाट वा अवाञ्छित गतिविधि नगर्न चेतावनी

नेपाल एयरलाइन्सको जहाजबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी

Leave a Comment