Shere Parsa
स्थानिय हेडलाइन

पर्सा २ मा काँग्रेसका चौरसियाको अग्रता बढ्दै

मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर २ को जारी मतगणनाको पहिलो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले अग्रता बढाउदै लगेका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, २८१९ मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेदवार चौरसियाले १३१५ मत प्राप्त गरेका छन् । जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीले ९६५ मत प्राप्त गरेका छन् । कुर्मी भन्दा चौरसिया ३५० मतले अगाडि छन् । यस्तै राप्रपाका उम्मेदवार नरेश साह कानुले २२९ मत पाएका छन् ।

पर्सा २ मा कूल मतदाता ८६ हजार ९ सय ६६ रहेकोमा आइतबार भएको निर्वाचनमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।

Related posts

मतदातालाई चौरसिया र कुर्मीको अपिल : जनताको पीर मर्का बुझ्ने नेता चुन्नु होला

जसपा एमाले गठबन्धन : पर्सा १ र २ जसपालाई , ३ र ४ एमालेलाई

पर्सामा मतदान केन्द्रको तैयारी अन्तिम चरणमा

Leave a Comment