Shere Parsa
राजनीति हेडलाइन

जसपा एमाले गठबन्धन : पर्सा १ र २ जसपालाई , ३ र ४ एमालेलाई


चुनावी तालमेल गरिएको सहमतिपत्र एक अर्कालाइ आदान प्रदान गर्दै एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादव

मधेसखबर
वीरगन्ज,२२ असोज : जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले बीच आंशिक क्षेत्रमा मात्र चुनावी तालमेल भएको छ ।
तालमेल नभएका ठाउँमा दुवै दलले छुट्टा छुटटै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमति अनुसार जसपाले प्रतिनिधीसभा तर्फ १७ सीट मात्र पाएको छ ।

पर्साका ४ प्रतिनिधीसभा क्षेत्र मध्ये जसपाले २ र एमालेले २ क्षेत्र पाएको छ ।जसपाले पर्साको १ र २ पाएको छ भने एमालेले पर्साको ३ र ४ पाएको छ ।

यस्तै प्रदेशसभा तर्फ पर्सामा दुवै दलले ४÷४ सिट बाँडफाँड गरेका छन् । प्रदेशसभा तर्फ जसपाले पर्साको १ (ख) , २ (क) , ३ (ख) र ४ (ख) पाएको छ ।प्रदेशसभा तर्फ नेकपा एमालेले भने १(क), २ (ख), ३ (क) र ४ (क) लिएको छ ।

 

Related posts

पर्सा २ को गाँउ गाँउमा काँग्रेसका चौरसिया र पटेललाई जनताद्धारा स्वागत

मेयर सिंहको निर्देशनमा माइराम पोखरी अतिक्रमण गरि बनाइएका संरचना हटाउने प्रकृया शुरु

शुरु भयाे बडादसैं , गहवामाइमा भक्तजनकाे घुइचाे

Leave a Comment