Shere Parsa
समाचार हेडलाइन

पर्सामा मतदान केन्द्रको तैयारी अन्तिम चरणमा

मधेसखबर
मंसिर ३ गते , वीरगञ्ज:देशभरी मंसिर ४ गते अर्थात भोलि प्रतीनिधीसभा तथा प्रदेश सभाको निर्वाचनको उत्साह पुर्वक तैयारी भईरहेको छ । एकातिर सरकारी निकायका कर्मचारीले मतदानलाई सहज बनाउन तैयारीमा जुटेका छन् भने अर्कोतिर मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न उत्साहीत देखीन्छन् ।

तोकीएका मतदान स्थल तथा केन्द्रमा ,निर्वाचन अधिकृत तथा कर्मचारी तथा सुरक्षाकर्मी खटीईसकेका छन् । पर्सामा पनि शनिवार मतदान स्थल तथा केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जनाएका छन् ।
महिला, पुरुष तथा अपांगता भएका लगायत सबै मतदाताहरुलाई सहज बनाउने तथा मतदान स्थलमा अवाञ्छित गतिविधी हुन नदिन अपनाईने सुरक्षा व्यवस्थाबारे पनि ध्यान दिईएको र निरन्तर अनुगमन तथा निरीक्षण कार्य भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


पर्सामा १६७ स्थायी र २ वटा अस्थायी गरी १६९ मतदान स्थल र ४१२ स्थायी र २ अस्थायी गरी ४१४ मतदान केन्द्र रहेको छ । यस्तै पर्सामा ३ लाख ४५ हजार मतदाता रहेका छन् । पर्सामा मात्रै ११ हजार भन्दा बढी कर्मचारी , सुरक्षकर्मी , स्वय्सेवक , म्यादी प्रहरी मतदान केन्द्र तथा मतदान स्थलमा खटीईसकिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । सबै मतदान केन्द्रमा मतपेटीका तथा मतपत्र पुगिसकिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।

उनले मतदान केन्द्रमा कोही विरामी परिहाले वा विसन्चो भएको तथा घाईते भएको अवस्थामा समेत उपचार गर्ने अवस्था समेत मिलाईएको बताए ।

Related posts

पर्सा १ लोसपालाइ , लक्ष्मणलाल कर्ण गठबन्धनको साझा उम्मेदवार

काँग्रेसका जनार्दन सिंह क्षेत्री फराकिलो भारी मतान्तरले विजयी

स्वतन्त्र उम्मेदवारी दिएकी करिमा भन्छिन् : एमालेसंग गठबन्धन गरेर उपेन्द्रले मधेससंग गद्दारी गरे

Leave a Comment