Shere Parsa
समाचार हेडलाइन

मधेश प्रदेशमा ६० प्रतिशत मतदान सम्पन्न

मधेसखबर
मंसिर ४ गते , वीरगञ्ज :

मधेश प्रदेशमा प्रतीनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य तर्फको मतदान सम्पन्न भएको निर्वाचन कार्यालय मधेश प्रदेशले जनाएको छ । एक दुई स्थानमा सामान्य विवाद पछि मतदान सुरु भएपनि बाँकी सबै मतदान केन्द्र शान्तिपुर्ण रुपमै मतदान सम्पन्न भएको निर्वाचन अधिकृतहरुको भनाई छ । मधेश प्रदेशका ८ वटै जिल्लामा ६० देदी ६५ प्रतीशतको हाराहारीमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

पर्सामा ५२ प्रतीशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान गरीएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जनाएका छन् ।
त्यसैगरी बारामा ६६ प्रतीशत मतदान सम्पन्न भएको अनुमान गरीएको निर्वाचन अधिकृत सरोज चौधरीले जनाएका छन् ।
रौतहटमा भने ६५ देखी ७० प्रतीशतसम्म मतदान सम्पन्न भएको अनुमान हाल गरीएको रौतहटका निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिएका छन् ।


त्यसैगरी सर्लाहीमा ६२ प्रतीशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान रहेको सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले बताए ।महोत्तरीमा भने ६५ प्रतीशत मत खसेको प्रारम्भिक अनुमान गरीएको निर्वाचन कार्यालय महोत्तरीका निर्वाचन अधिकृत सुबोध कुमार महतोले जनाएका छन् ।

त्यसैगरी धनुषामा ६२ प्रतीशत मतदान सम्पन्न भएको जानकारी धनुषाका निर्वाचन अधिकृत श्रीधर पन्थीले बताएका छन् ।
त्यस्तै सप्तरीका निर्वाचन अधिकृत रमेश कुमार जोशीका अनुसार ६३ प्रतीशत मत खसेको अनुमान गरीएको छ ।
सिरहामा भने ६२ देखी ६५ प्रतीशतसम्म मत खसेको प्रारम्भिक अनुमान गरीएको सिरहाका निर्वाचन अधिकृत ईन्दिरा यादवले बताईन् ।

मधेश प्रदेशका ८ वटै जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटीका संकलन गर्ने र मतगणना स्थलमा पुर्याईने कार्य भईरहेको तथा आज राती नै सर्वदलिय बैठक बसेर मतगणना सुरु गर्ने समय तोकीने निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।
मधेश प्रदेशमा जम्मा ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन्। प्रदेशका ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते हुन लागेको निर्वाचनमा १८ लाख २७ हजार ८सय ५४ पुरुष, १५ लाख ५८ हजार ७४ महिला र ७० जना अन्य मतदाता छन् ।


भने प्रतीनीधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि १ हजार ५ सय ९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसअन्तर्गत प्रतीनीधी सभा सदस्य तर्फ २९३ दल र २९७ स्वतन्त्र गरी कुल ५ सय ९० र प्रदेश सभा सदस्य तर्फ ४५६ दल र ५५२ स्वतन्त्र गरी कुल १ हजार ८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मधेश प्रदेशमा पनि केही स्थान बाहेक सत्तागठबन्धन र लोसपाले चुनावी तालमेल गरेका छन् भने अर्को तर्फ जसपा र एमाले पनि चुनावी तालमेल गरी निर्वाचनमा होमीएका हुन् ।

Related posts

चेतनको हत्यारालाई कारबाहीको गर्न अनेरास्ववियु पर्साको माग

शेरे पर्सा

मधेसमा झिझियाँको रौनक

गुणस्तरहिन घ्यू उत्पादन उत्पादन गर्ने बाराको दुइ उधोगमा सिलबन्दी

Leave a Comment