Shere Parsa
खेलकुद

दोस्रो टी-२० मा भारतसँग न्युजिल्याण्ड ६५ रनले पराजित

मधेसखबर
वीरगन्ज ,०४ मंसिर : न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले दोस्रो टी-२० मा ६५ रनको जित निकालेको छ।

१ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १ सय २६ रनमा समेटिँदा भारतले जारी शृंखलामा १-० ले अग्रता लिएको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १ सय ११ रन बनाए। ५१ बलको सामना गरेका उनले ११ चौका र ७ छक्का प्रहार गरेका थिए।

सूर्यकुमारबाहेक भारतका लागि इशान किसनले ३६ तथा श्रेयस ऐय्यर र हार्दिक पाण्ड्याले १३/१३ रन बनाए।

न्युजिल्याण्डका टिम साउदीले ह्याट्रिक गर्दा लकी फर्गुसनले २ विकेट लिए।

१ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले दोस्रो बलमै पहिलो विकेट गुमाएको थियो। कप्तान केन विलियम्सन ६१ र डेभोन कन्वेले २५ रन बनाउनुबाहेक अन्यले राम्रो रन जोड्न सकेनन्। ५२ बलको सामना गरेका विलियम्सनले २ छक्का र ४ चौका प्रहार गरेका थिए।

न्युजिल्याण्डलाई सस्तोमा समेट्न भारतका दीपक हुडाले ४ तथा मोहम्मद सिराज र यजुर्वेन्द्र चहलले २/२ विकेट लिएका थिए।

वर्षाका कारण शृंखलाको पहिलो खेल रद्द भएको थियो भने तेस्रो तथा अन्तिम खेल मंगलबार खेलिनेछ।

त्यसपछि भारत र न्युजिल्याण्डले ३ खेलको एकदिवसीय शृंखला खेल्नेछन्।

Related posts

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको लगातार दोस्रो जित

ठाेरीमा जारी दशैंकप नकाउट फुटबलमा आयोजक वनशक्ती क्लब ए विजयी

टी-२० वरीयतामा नेपाल एक स्थान तल

Leave a Comment