Shere Parsa
खेलकुद हेडलाइन

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको लगातार दोस्रो जित

वीरगन्ज,१९ कार्तिक : मधेस प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।काठमाण्डौको मुलपानी मैदानमा शनिबार भएको समूह बीको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गरेको हो ।

मधेशले दिएको २६० को लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा अल आउट भएपछि खेल मधेसले जितेको हो ।मधेसका लागि राजेश यादव र प्रदिप पाश्वानले समान ३–३ विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.४ ओभरमा २५९ रनमा अल आउट भयो । मधेशका कप्तान हरिशंकर शाहले ९० बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक ७६ रन बनाए । ओपनर सन्तोष कार्कीले ६० बलमा ५ चौका र ३ छक्कासहित ५० रनमा आउट भए ।

विकेटकिपर अनिल साहले ४९ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा आउट भए । अनिलको यो लगातार दोस्रो अर्धशतक हो ।अनिलले पहिलो खेलमा प्रदेश १ विरुद्ध ६१ रन बनाएका थिए । अनिल यसै सिजनदेखि पुलिस छाडेर घरेलु टोली फर्किएका छन् ।लुम्बिनीका कृष्ण कार्कीले ३ तथा अनिल खरेलले २ विकेट हात पारे ।

Related posts

मेन रोड अतिक्रमण गरि बनाइएका संरचना हटाउन वीरगन्ज महानगरको निर्देशन

मधेसका युवालाइ तालिम दिएर स्वदेशमै रोजगारी दिन्छौ : मुख्यमन्त्री राउत

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा हातहतियार बुझाउन आग्रह

Leave a Comment