Shere Parsa
मधेस प्रदेश

महाेत्तरीमा एमाले र माओवादी बिच झडप, पाँच घाइते

मधेसखबर
वीरगन्ज ,०२ मंसिर : महोत्तरीमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरु बीच झडप भएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

स्थानीय रामभुषण साहका अनुसार एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।

आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए । माओवादीले भने घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताए । ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उनले भने ।

Related posts

मधेसमा सरकार बनाउन सिके राउतकाे पार्टी निर्णायक, माग्यो मुख्यमन्त्री

संघ सरकार विरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी

सप्तरी ४ मा काँग्रेसका चाैधरीकाे ह्याट्रिक

Leave a Comment