Shere Parsa
राष्ट्रिय

वीरगन्ज हेल्थ केयर हस्पिटलका सन्चालक डाक्टर अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित हुदै

मधेसखबर
वीरगन्ज ,०३ असाेज: संविधान दिवसका अवसरमा वीरगन्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष एंव सन्चालक डाक्टर अबुल हैयस अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित हुने भएका छन् ।

संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार डाक्टर अन्सारी सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएकी हुन् ।

भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

यसैगरि नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइने भएको छ ।यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ‘आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने भएका छन् ।

Related posts

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

चुनावको मुखमा एक दर्जन जिल्लाका सिडीओको सरुवा

चुनावका लागि भारतले नेपाललाइ दियो २०० वटा गाडी

Leave a Comment