Shere Parsa
राजनीति

चुनाव जिते आफु मुख्यमन्त्री बन्ने पक्का रहेको कुर्मीको दाबी

मधेसखबर
वीरगन्ज, २९ कार्तिक : पर्सा क्षेत्र नम्बर १ ( ख) का प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले मंसिर ४ गते हुने निर्वाचनपछि मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बन्ने र गठबन्धनको तर्फबाट मधेस प्रदेशको मुख्यमन्त्री आफू बन्ने दाबी गरेका छन् ।

काँग्रेस पर्साका उपसभापति समेत रहेका कुर्मीले आफू मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभा सदस्य छोडेर प्रदेशसभा सदस्यको उम्मेदवार बनेको बताएका छन् ।वीरगन्जमा सन्चारकर्मीसंग कुरा गर्दै कुर्मीले भने ,‘ यसपालि मधेसमा काँग्रेस र गठबन्धनका दलहरुको अवस्था मजबुत छ र मलाई गठबन्धनका पाचै दलको पूर्ण साथ र सहयोग रहेकाले मेरो जीत सुनिश्चित छ ।

यसपालिको चुनावमा धेरै राम्रो अवसर भएकाले यो सुनौलो अवसर नगुमाउन क्षेत्रवासीसंग उनले अपिल पनि गरे । कुर्मीले आफू प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न चाहेको भएपनि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको दबाबका कारण प्रदेशसभा सदस्य पदमा चुनाव लड्नु परेको बताए ।

आफूसंग कसैको प्रतिस्पर्धा नै नरेहेको दाबी गर्दै उम्मेदवार कुर्मीले आफू जीतको नजिक रहेकोले निर्धक्क भएर मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरे । आफू चुनाव जितेपछि सबै भन्दा पहिले कृषि, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिने भन्दै उनले यस क्षेत्रमा प्राबिधिक विधालयका साथै हरेक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने बताए ।

Related posts

पर्सा २ मा सुविधा सम्पन्न बृद्धाश्रम र प्राविधीक कलेज बनाउछु : अजय चौरसिया

बारा ४ का सांसद मियाँ लाेसपा छाडेर एमाले प्रवेश

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

Leave a Comment