Shere Parsa
राजनीति हेडलाइन

विरासत जोगाउने मात्र होइन नयाँ इतिहास रच्दै प्रदीप यादव

मधेसखबर
वीरगन्ज, २३ कार्तिक : पर्सा १ मतदाता, यसपालि पर्सा क्षेत्र नम्वर १ मा जसपाका उम्मेद्वार मन्त्री प्रदीप यादवलाई विजयी बनाएर नयाँ इतिहास रच्ने मुडमा देखिएका छन् ।यसअघिको चुनावमा गरेका वाचा भन्दा बढि नै नमूना काम गरेर यादवले मन जित्न सफल भएका निवर्तमान सांसद यादवलाई फेरि दोहोर्याएर पर्सा १ मा नयाँ इतिहास रच्ने मुडमा मतदाताहरु देखिएका हुन् ।

२०७४ को चुनावमा पर्सा क्षेत्र नंबर १ को प्रतिनीधिसभा सदस्यमा तत्कालिन संघीय समाजवादी फोरम नेपालको तर्फबाट उम्मेदवार बिन यादव अत्याधिक मतले विजयी भएका थिए । उनी यसपटक पनि त्यहि क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा उमेदवार छन् ।दवलाई टक्कर दिन सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्ण र नेपाली कांग्रेसका पूर्व सभापति अजय द्धिवेदीले पार्टीबाट विद्रोह गरेर बागी उमेदवारी दिएका छन् ।

तर गठबन्धनबाट चुनावी मैदानमा रहेका कर्ण र बागी उम्मेद्वार द्धिवेदीले यादवको विरासत तोड्न नसक्ने देखेपछि गठबन्धनका समर्थक मतदाताको रुझान पनि यादवकै पक्षमा देखिन थालेको छ ।यादवको दल जसपा , उससंग तालमेल गरेको एमालेका साथै पाच दलीय गठबन्धनका कांग्रेस, माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र लोसपाका शुभचिन्तक मतदाताहरु पनि यादवकै पक्षमा मतदान गर्ने संकेत देखा परिरहेको छ।

२०७४ मा यादव २१ हजार १ सय २५ मत ल्याएर निर्वाचित भएका थिए । निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वार अनिल कुमार रुंगटाले भने १६ हजार ४ सय ८१ मत मात्रै पाएका थिए । एमालेका विचारी यादव भने ५ हजार ४ सय ४१ मत सहित तेस्रो स्थानमा थिए ।

यादवले अहिले एमालेको भागमा परेको पर्सा १ को (क) मा प्रदेशसभा सदस्य पदका लागि एमालेका उमेदवार विचारी यादवलाई साथमा लिएर हिडेकाले पनि यादवको जित झन फराकिलो हुने सम्भावना छ ।पछिल्लो पटक भएको स्थानीय तहको निर्वाचनमा जसपा र एमाले दुवै दलले १९ वटा वडामा झण्डै ३२ हजार भन्दा बढी मत ल्याउँदा अहिले सत्तागठबन्धनमा रहेका दलहरुले जम्मा २० हजार मत मात्रै पाएका थिए ।

कर्णलाई गठबन्धन दलबाटै मत नजाने, द्धिवेदीले दुवैबाट मत तान्न कठीन हुने देखिँदा अधिकांस मतदाताहरु काम गरेर लोकप्रिय भएका अनि जित्ने उम्मेदवार यादवकै पक्षमा मतदान गर्ने मुडमा पुगेका हुन् ।यादवले पाँच बर्षको कार्यकालमा जनजीविकाका सवालमा गरेका काम र उनले पर्सा जिल्लामा ल्याएका महत्वकांक्षी योजनाले उनी प्रति मतदाताको आकर्षण झनै बढ्न पुगेको हो ।
जनस्तरमा समेत यादवप्रतिको क्रेज झनै बढेको देखिएको छ । गठबन्धन कसिलो गरी चुनावी अभियानमा लागेकाले उनको जितको आधार अझै बलियो देखिएको हो ।

नेपाली कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका अजय द्विवेदी एक दशक पार्टी सभापति भएको, वीरगन्जको उपमेयर भइसकेको र १ पटक संविधानसभा सदस्यमा निर्वाचित भइसकेका व्यक्ति हुन् । पटक पटक अवसर पाउँदा पनि द्विवेदीले पर्सा जिल्लाका लागि सिन्को समेत भाँच्न नसकेकोले उनि प्रति भरोसा गरेर मत खेर फाल्नु गलत हुने मतदाताहरु नै बताउँछन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छिरेका द्विवेदी पहिलो संविधान सभामा निर्वाचित भएका थिए । दोस्रो संविधान सभामा उनी पराजित भए । वीरगञ्ज महागनरको पूर्व उप मेयर समेत रही सकेका द्विवेदीलाई २०७४ सालमा पार्टीले मेयरमा उठाएको थियो । तर उनी पूर्व मेयर विजय कुमार सरावगीसँग पराजित भएका थिए ।

२०७४ मा पर्सा क्षेत्र नं ४ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् लक्ष्मणलाल कर्ण । उनी तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट २० हजार ७ सय ३८ मत ल्याएर निर्वाचित भएका थिए । त्यसबेला पनि उनले पार्टी संगठनको बलमा चुनाव जितेको भन्दा पनि काँग्रेस भित्रको असन्तुष्टीको फाईदा उठाएका थिए ।

यस पटक सत्ता गठबन्धनको समर्थनमा पर्सा क्षेत्र नंबर १ मा प्रतिनिधि सभा सदस्यमा उठेका लोसपा नेता कर्णको आफ्नै संगठन कमजोर अवस्थामा छ ।कर्णको कमजोर संगठन, गठबन्धनको असहयोग र टिकटका वेला पार्टी भित्रको आन्तरिक समस्या हल गर्न नसक्नुले उनको जित्ने आधार कमजोर देखिन्छ ।

पर्सा १ मा जसपा एमाले गठबन्धनको जनलहर बढ्दै जादा अन्य उम्मेद्वारहरु छायाँमा पर्ने र प्रदीप यादव पुनः दोहोरिँदै इतिहास रच्ने देखिएको छ ।

Related posts

सुशासन पार्टी पर्साका अध्यक्ष चौरसिया जसपामा प्रवेश

वीरगन्जको अलौंमा कौडाको खालबाट चार जुवाडे पक्राउ

वीरगन्जकाे दशैं मेलामा साेनार समाजद्वारा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

Leave a Comment