Shere Parsa
राजनीति

बारा ४ का उम्मेदवार किसान श्रेष्ठका प्रतिवद्धता : पूर्वाधार विकास प्राथमिकतामा

मधेसखबर
वीरगन्ज,२३ कार्तिक : नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभाका लागि बारा–४ बाट बाम–कतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले चुनावी एजेण्डामा भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिएका छन् ।

 

नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरुलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिवद्धता जनाएका छन् । सबै वडाहरुलाई आउँदो ५ वर्षमा पक्कि सडकको रुपमा विस्तार गरिने उल्लेख गरेका छन् ।

अमलेखगञ्जमा रहेको विद्यमान खानेपानी समस्यालाई तत्काल सामाधान गर्ने प्रतिवद्धता पनि उनले जनाएका छन् । प्रत्येक गाउँमा खानेपानीलाई पाइपलाइनका माध्यमले वितरण कार्यको आरम्भ गरिने प्रतिवद्धता पनि उहाँले जनाएका छन् ।

नेता श्रेष्ठले विश्रामपुर–इटियाही–प्रसौनी–खुटवा–बुनियाद–इनर्वासिरा–महेन्द्र लोकमार्गसम्म सडक सञ्जाल निर्माण गरिने प्रतिवद्धता जनाएका छन् । साथै छतवा–वतरा–फुलवरिया–फेटा–भर्वलिया–भलुही–बंजरिया–हरपुर इनर्वासिरा हुदै महेन्द्र लोकमार्गमा जोडिने उल्लेख गरेका छन् ।

राष्ट्रिय गौरबका योजनाहरु फाष्ट ट्रयाक, निजगढको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न गर्ने तथा विरगञ्ज र सिमरामा रहेको औधोगिक करिडोरलाई बिशेष आर्थिक क्षेत्र (सेज)को सञ्चालन गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

आफ्नो निर्वाचन क्षेत्रमा ढल, नाला र पानीको निकासलाई व्यवस्थित गरी व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने, सडक बत्ती, सौर्य बत्ती तथा हरियाली प्रबर्द्धनका लागि सडकपेटीमा बृक्षारोपण अभियान अघि बढाउने पनि उनले प्रतिवद्धतामा उल्लेख गरेका छन् । पर्सा राष्ट्रिय निकुन्ज तथा छातापिप्रामा रहेको गढीमाई मन्दिर लगायत स्थानहरुलाई पर्यटन केन्द्रको रुपमा बिकास गर्ने तथा जङ्गली जनावर तथा प्राकृतिक बासस्थलहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने पनि उल्लेख गरेका छन् ।

औधौगिक करिडोरमा मजदुरका लागि २ सय शैयाको सुविधा सम्पन्न मजदुर अस्पतालको निर्माण तथा सञ्चालनको प्रतिवद्धता पनि उनले जनाएका छन् ।

Related posts

मधेस विरोधी एमाले र जसपालाई बहिष्कार गर्न श्रेष्ठको आह्वान

काँग्रेस उम्मेद्वार कुर्मी भन्छन् : वीरगन्जका काेहि पनि मुख्यमन्त्रीसंग सन्तुष्ट छैनन्, उल्टै भ्रष्टाचार गरेर मधेसलाई बदनाम गराए

आफैलाइ भोट हाल्न नपाउने पर्साका उम्मेदवारहरु

Leave a Comment