Shere Parsa
राजनीति हेडलाइन

संविधानसभा सदस्य रामेश्वर रौनयिार काँग्रेसको साधरण सदस्यबाट समेत निलम्बित

मधेसखबर
वीरगन्ज, २३ कार्तिक : नेपाली कांग्रेस पर्साले पर्सा ३ का काँग्रेस नेता एंव संविधानसभा सदस्य रामेश्वर प्रसाद रौनियारलाई कारबाही गरेको छ ।

कांग्रेस पर्साले बुधबार एक विज्ञप्ति जारी गर्दै पर्सा ३ मा पार्टीको आधिकारीक उम्मेद्वार सुरेन्द्र प्रसाद चौधरी विरुद्ध गतिविधि गर्दै हिँडेकालाई रौनियारलाई कारबाही गरेको उल्लेख छ ।क्षेत्र नम्वर ३ का पार्टीका आधिकारीक उम्मेद्वार सुरेन्द्र प्रसाद चौधरी विरुद्ध गतिविधि गर्दै हिँडेकाले रौनियारलाई पार्टीको साधरण सदस्यबाट निलम्बन गरिएको काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले जानकारी दिए ।

चौधरीका विरुद्ध निर्वाचनमा प्रतिकुल असर पर्ने गरि सार्वजनिक सञ्चारमाध्यममा रौनियारले अडियो भिडियो अन्तर्वार्ता दिएको र त्यसबारे स्पष्टिकरण माग गरिएको भए पनि चित्तबुझ्दो स्पष्टिकरण नदिएकाले रानैनियाराई साधारण सदस्यबाट समेत निलम्बन गरिएको प्रवक्ता पाण्डेयले बताए ।

रौनियार क्षेत्र नम्वर ३ (ख) का प्रदेश सभा सदस्य उम्मेद्वार डा.मधु रौनियारका आफनै काका हुन् । उनी मधुको प्रचारप्रसारमा संलग्न हुँदै कांग्रेसको उम्मेद्वार विरुद्ध खुलेर लागेका थिए ।कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा ३४ (४) को (ख) बमोजिम रौनयिारलाई कारवाही गरिएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।
रौनियारलाई कारबाही गरेको बारे पार्टी पर्साले केन्द्रीय अनुशासन समिति र प्रदेश अनुशासन समितिलाई पनि बोधार्थ पठाएको छ ।

Related posts

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

पर्सा ४ मा रिजालको भव्य स्वागत ,मतदाता भन्छन् : दुखसुखमा साथ दिनेलाई नै भोट दिन्छौ

अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो 

Leave a Comment