वीरगन्ज,२० कार्तिक : अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।