Shere Parsa
राजनीति हेडलाइन

प्रदीप यादव प्रति आकर्षण बढ्दै : सत्ता गठबन्धन पार्टीकै नेताहरु धमाधम जसपा प्रवेश गर्दै

मधेसखबर
वीरगन्ज, १९ कार्तिक : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादव प्रति आकर्षण बढ्दै गएको छ । चुनावी प्रचार प्रसार अभियानमा रहेको यादव प्रति आकर्षण बढ्दै सत्ता गठबन्धन पार्टीका नेता कार्यकर्ता धमाधम पार्टी परित्याग गरी जसपामा प्रवेश गर्न थालेका छन ।

पर्सा जिल्लामा सत्ता गठबन्धन पार्टीका सैयौं नेता कार्यकर्ता पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् । शनिबार मात्र वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका पूर्व वडा सदस्य एंव नेकपा माओवादीबाट स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी खलील मियाँको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । मियाँलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले भव्य रुपमा स्वागत तथा सम्मान गरेका थिए ।

त्यसैगरी वीरगन्ज १२ मुर्लीका सत्ता गठबन्धनकै नेकपा एकिकृत समाजवादीबाट वडा अध्यक्षका प्रत्याशी रहेका एंव भूतपूर्व वडा सचिव राजेश्व प्रसाद साहको नेतृत्वमा १ सय भन्दा बढि नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा वडा सदस्यका प्रत्यासी रहेका मुकेश पटेल र गोपिन्द्र पटेल लगायतका नेताहरू पनि जसपामा प्रवेश गरेका छन । नव प्रवेशीलाई पूर्व वनमन्त्री समेत रहेको यादवले भव्य रुपमा पार्टी प्रवेश गराएका थिए ।
त्यसैगरी यादवले समाजमा गरेको उल्लेखनिय कार्यप्रति प्रभावित बनेका वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ का नगवाकै महिला नेतृ रेणु देवीको नेतृत्वमा दर्जनों महिला तथा युवाहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।

नवप्रवेशीलाई पार्टी भित्रियाउँदै नेता यादवले भने, जनता समाजवादी पार्टी नेपाल प्रति बढदै गरेको झुकाव र विश्वासले हाम्रो उत्साह झनै बढेको छ ।
विगत पाँच वर्षमा यादवले मधेस र मधेसीका लागि सडक देखि सदन सम्म उठाएका आवाज र क्षेत्रमा गरेका नमूना विकास निर्माणका कामकै कारण यादवको लोकप्रियताले अहिले जसपामा प्रवेश गर्नेहरुको लर्को लागेको छ ।

चुनावी प्रचार प्रसारका क्रममा वीरगन्जमा दिनुह भइरहेका कार्यक्रममै काँग्रेस, माओवादी केन्द्र , नेकपा एस , नेपाल सुशासन पार्टी , जनमत पार्टी लगायतका दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेका हुन् ।

यादवले मधेस र मधेसीका लागि लड्ने एक मात्र दल जसपा नै भएको यथार्थ जनताले बुझिसकेकाले अन्य दलका नेता कार्यकर्ताहरु पार्टी छाडेर जसपामा प्रवेश गरिरहेको बताए । वीरगन्जमा मत्रै दिनहु अन्य दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेकाले यसले जसपालाई झन मजबुत बनाएको र आगामी निर्वाचनमा पर्सा १ मा जसपाको फराकिलो जित हुने निश्चित हुदै गएको यादवले बताए ।

Related posts

वीरगन्जको चोर्नीमा ट्याक्टरको ठक्करबाट घाइते भएका महत्तोको मृत्यु

पर्सामा काँग्रेसले फर्कायाे पुरानाे साख : ७ मध्ये ५ उम्मेदवार विजयी

पर्सामा काँग्रेसको दोश्रो जित , प्रदेशसभा सदस्यमा चौधरी निर्वाचित

Leave a Comment