Shere Parsa
हेडलाइन

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा हातहतियार बुझाउन आग्रह

मधेसखबर
असोज १४ गते: आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ ।

आगामी मंसीर ४ गते हुने निर्वाचनलाई निस्पक्ष , भरपर्दा , विश्वश्नीय एव् शान्तिपुर्ण रुपमा सम्पन्न गराउने उद्देश्यले आगामी कार्तिक ५ गते भित्र नजिकका प्रहरी इकाइहरुमा इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरीएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलद्वारा जारी विज्ञप्ती मार्फत आग्रह गरीएको छ ।


सुचना जारी गरी आग्रह गरे अनुसार बुझाईएका हातहतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएको एक हफ्तापछि हतियार धनीलाई फिर्ता गरीने पनि जनाईएको छ । निर्धारित समयभित्र हतियार नबुझाई अटेर गरेको खण्डमा कार्यवाही गरीने पनि विज्ञप्ती मार्फत जनाईएको छ ।

 

Related posts

जोखिमपूर्ण काममा खटिने कर्मचारीको जीवन बिमाको व्यवस्था गर्छु : वन मन्त्री यादव

मधेश प्रदेशमा ६० प्रतिशत मतदान सम्पन्न

सप्तरीबाट मधेस प्रदेशमा सिके राउतकाे खाता खुल्याे

Leave a Comment