Shere Parsa
समाचार हेडलाइन

वीरगन्जको चोर्नीमा ट्याक्टरको ठक्करबाट घाइते भएका महत्तोको मृत्यु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,१७ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीमा ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका एक बृद्धको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा चोर्नीकै ५९ वर्षिय चोकट महत्तो रहेका छन् । यहि कार्तिक १३ गते चोर्नीमा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले पैदल यात्री महत्तोलाई ठक्कर दिदाँ उनि गम्भिर घाइते भएका थिए । उनको वीरगन्जको गण्डक स्थित नेपाल मेडिसिटि बयोधा अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा बिहीबार विहान ६ बजे तिर महत्तोको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालक धर्मेन्द्र यादवलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।

Related posts

निर्वाचन आयोगले जरिवाना तोके पछि पर्साका दलित उम्मेदवारहरु समस्यामा

चुनावी घरदैलोमा काँग्रेस उम्मेदवार चौरसिया र पटेललाई भव्य स्वागत

गरीबका लागि “भरपेट भोजनालय” निरन्तर सेवामा

Leave a Comment