Shere Parsa
राजनीति हेडलाइन

लाेसपाले संविधान दिवसलाई विरोध दिवस’ को रुपमा मनाउने

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,०२ असाेज : लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)नेपालले असाेज ३ गतेकाे संविधान दिवसलाई ‘विरोध दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी साेमबार असाेज ३ गतेकाे संविधान दिवसलाई विराेध दिवसका रुपमा मनाउने निर्णय गरिएकाे जानकारी दिएका हुन् ।

लाेसपा अध्यक्ष ठाकुरले संविधानमा पूर्ण रुपमा सहमति नरहेको भन्दै आफूहरुको माग समेटी संविधान संशोधन नभएसम्म विरोध रहिरहने उल्लेख गरेका छन् ।

लोसपाले साेमबार संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउन पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पालिका स्तरसम्म विरोधका विभिन्न कार्यक्रमहरु गर्न आग्रह पनि गरेको छ ।

Related posts

अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो 

रवि लामिछानेको पार्टीले समानुपातिकमा कटायाे थ्रेसहाेल्ड

भाडाका उम्मेदवार किसानको चोर औंला र आँफैतिर फर्किएका चार औंला

Leave a Comment