Shere Parsa
राजनीति हेडलाइन

पर्सा १ मा लक्ष्मणलाल कर्णलाई जिताउन काँग्रेसी नेताहरु खुलेर लागे

मधेसखबर
वीरगन्ज, १८ कार्तिक : नेपाली काँग्रेस पर्साका नेताहरुले पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा आफुहरुको उम्मेदवार लक्ष्मणलाल कर्ण नै भएकाले भ्रममा नपर्न आफना पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

सत्तागठबन्धन साझा उम्मेदवार कर्ण नै भएकाले कर्णलाई विजयी बनाउन काँग्रेसले कुनै कसर बाँकी नराख्ने उनिहरुको भनाई छ ।
गठबन्धनको निर्णय विपरित अन्य उम्मेदवारको पक्षमा लाग्ने नेता कार्यकर्तालाई पार्टीले कारबाही गर्ने चेतावनी पनि उनिहरुले दिएका छन् ।

वीरगन्जबाट प्रकाशन हुने मधेसखबर अनलाइन पत्रिकाको चुनावी चर्चामा कुरा गर्दै काँग्रेस पर्साका पूर्व उपसभापति प्रकाश उपाध्यायले पर्सा १ मा गठबन्धनका उम्मेदवार कर्ण नै भएकाले कर्णलाई जिताउनु पर्ने पार्टीको नैतिक जिम्मेवारी भएको बताए ।
पार्टीको निर्णय हरेक नेता कार्यकर्ताले मान्नै पर्ने भन्दै उनले भने ,‘ पार्टीले गठबन्धन गरेर चुनाव लडेको छ , त्यसका कारण गठबन्धनको उम्मेदवार भनेका लक्ष्मणलाल कर्ण ज्यु नै हो , यदि कसैलाई चित्त बुझेको छैन भने त्यो आफनो ठाँउमा होला तर पार्टीले गठबन्धन गरिसकेकाले कर्ण नै काँग्रेसको उम्मेदवार हुनुहुन्छ त्यसकारण दाँया बाँया गर्ने हक कुनै पनि नेता कार्यकर्तालाई छैन , कर्णलाई जिताउनु पर्ने हाम्रो दायित्व हो ।

तर पार्टीको निर्णय विपरित बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीको प्रचार प्रसारमा काँग्रेसकै नेता कार्यकर्ता लागिरहेका छन् नि ? भन्ने प्रश्नमा काँग्रेस पर्साका नेता उपाध्यायले भने ,‘ त्यो सरासर पार्टीको निर्णय र अनुशासन तोडेको हो , त्यस्ता नेता कार्यकर्तालाई पार्टीले छिट्टै कारबाही गर्छ ।उपाध्यायले काँग्रेस पर्साको बैठक बसेर पार्टीको निर्णय विपरित अनुशासनहिन गतिविधी गरिरहेकाहरुलाई कारबाहीको निर्णय गर्ने जानकारी पनि दिए ।

चुनाव पछि द्विवेदी फेरि काँग्रेसमै फर्किने चर्चा छ नि भन्ने प्रश्नमा उपाध्यायले भने ,‘ पार्टीको निर्णय विपरित उम्मेदवार बनेकाहरुलाई केन्द्रिय कार्य समितिले ५ वर्षका लागि साधरण सदस्यबाटै निलम्बित गरिसकेको छ , चुनाव पछि पनि यो निर्णय कायमै रहन्छ ।
पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका द्विवेदीलाई पार्टीले यसअघि पटक पटक अवसर दिएको र पटक पटक सार्वजनिक लाभको पदमा पनि बसिसकेकोले उनि माथि पार्टीले कहिले पनि अन्याय नगरेको उपाध्यायले बताए ।

उपाध्यायले भने ,‘ द्विवेदी जी एक पटक उपमेयर हुनुपयो , एक पटक सांसद पनि हुनु भयो ,मेयरमा पार्टीले चुनाव लडाएकै हो , उहालाई पार्टीले पटक पटक अवसर दिएकै हो , यसपालि गठबन्धनका कारण पर्सा १ काँग्रेसको भागमा परेन , परेको भए पार्टीले उहालाई उम्मेदवार बनाउथ्यो नै , अब तपाइ नै भन्नुस् एक पटक टिकट नपाउदैमा पार्टीले अन्याय गरयो भन्नु कहा सम्मको उचित हो ?

नेता उपाध्यायले विषम परिस्थितीमा पाँच दलीय गठबन्धन बनेको र लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनका उम्मेदवारलाई इमान्दारिपूर्वक लागेर विजयी बनाउन काँग्रेसका नेता कार्यकर्तालाई अपिल पनि गरे ।

Related posts

रवि लामिछानेको पार्टीले प्रदेशसभा चुनावमा भाग नलिने

जनताबाट पाइरहेको समर्थनले झन् उत्साहित भएको छु : डाक्टर मधु गुप्ता

पर्साकाे जगतियामा आगलागी हुदा फुसकाे घर जलेर नष्ट

Leave a Comment