Shere Parsa
स्थानिय हेडलाइन

लामखुट्टे नियन्त्रणका लागि वीरगन्ज महानगरका ३२ वटै वडामा विषादी छर्कन सुरु

मधेसखबर
वीरगन्ज, १७ कार्तिक : वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि हरेक दिन ‘एयर स्प्रे’ गर्न सुरु गरेको छ ।जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वार्डमा दैनिक तालिका बनाएरै बिहान र बेलुका ‘एयर स्प्र’ गर्न सुरु गरेको हो ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा स्प्रे गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । त्यही अनुरुप यहि कात्तिक १५ गते मंगलबारबाटै स्प्रेको काम सुरु भएको हो ।
महानगरले कात्तिक १५ गतेदेखि तालिका नै बनाएर हरेक वार्डमा ऐयर स्प्रे गर्ने कामलाई तिब्रता दिएको छ । जस अनुसार बिहानको समयमा तीन राउण्ड र बेलुकाको समयमा २ राउण्ड स्प्रे गर्ने तालिका अनुसार महानगरका कर्मचारी स्प्रे गर्न खटिएका छन् ।

पहिलो दिन मंगलबार महानगरबाट आदर्शनगर, घडिअर्वा, माइस्थान, घण्टाघरहुँदै गण्डक र सिडियो कार्यालय, बसपार्क क्षेत्रमा स्प्रे गरिएको थियो । दोस्रो दिन बुधबार १ नम्बर रोड, २ नम्बर र ३ नम्बर रोडसहित नारायणी अस्पताल र भन्सार क्षेत्रमा स्प्रे गरेको छ । यस्तै बिहीबार वडा नम्बर १, २, ३ मा स्प्रे गर्ने काम भएको र यो अभियान ३२ वटै वडामा मंसिर १२ गतेसम्म चल्ने महानगरपालिकाका मेयर सिंहले जानकारी दिए ।

चिसो र गर्मी मौसम शुरु हुँदै गर्र्दा वीरगञ्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न महानगरले औषधि छर्ने अभियान अघि बढाएको हो ।लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रण गर्न ३२ वटै वडामा ‘एयर स्प्रे’ सुरु गरिएको मेयर सिंहले जानकारी दिए ।

Related posts

राष्ट्रपतिलाई सर्वाेच्च अदालतले साेध्याे नागरिकता विधेयक प्रमाणीकरण नगर्नुकाे कारण

मधेश प्रदेशमा ६० प्रतिशत मतदान सम्पन्न

वीरगन्जमा विद्यमान विधुतका समस्याहरु सामधान गर्न घिसिङसंग मेयर सिंहको आग्रह

Leave a Comment