मधेसखबर
वीरगन्ज,०६ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा चुनावी घरदैलो गरिरहेका सत्तागठबन्धनका काँग्रेस उम्मेदवारहरुलाइ स्थानीय मतदाताले स्वस्फूर्त रुपमा समर्थन जनाउदै स्वागत गरिरहेका छन् ।
काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेलललाई ठाँउ ठाँउमा मतदाताहरुले खादा र अबीर टिका लगाएर समर्थन गर्दै आइरहेका छन् ।
आइतबार बिहान पनि पर्सागढ़ी नगरपालिका वडा नम्बर ४ मा पर्ने रतनपुर ,हरदसपुर ,छटैली ,रघुनाथपुर ,परशुरामपुर ,बर्वाटाड़ी ,बकनेरवा ,टाडी ,सबैया र भेडाहा टोलमा चुनावी घरदैलोमा पुगेका चौरसिया र पटेललाई स्थानीय मतदाताले स्वागत गर्दै समर्थन जनाएका हुन् ।
त्यस क्षेत्रका मतदाताहरुले जनताको सुखदुखमा सधै साथमा रहदै आएका नेता भएका कारण उम्मेदवारद्वय चौरसिया र पटेललाई नै मत दिएर विजयी बनाउने बताए । यसअघि जितेका सांसद चुनाव जितेर गएपछि गाँउमा फर्किएर समेत नआएको कुरा आफुहरुले नबिर्सिएको भन्दै मतदाताहरुले क्षेत्रको विकास गर्ने र जनताको सुख दुखमा साथ दिने नेता आफुहरुलाई चाहिने बताए ।
त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार चौरसियाले विगतमा सांसद र एक पटक मन्त्री हुदा आफुले क्षेत्रमा गरेको कामको मुल्यांकन गरेर यसपालि फेरि अवसर दिन मतदातासंग आग्रह गरे । उनले अहिले चुनावी घरदैलोका क्रममा मतदाताहरुबाट पाइरहेको स्वागत र समर्थनले आफुलाई थप जिम्मेवार बनाएकाले जनताको भरोसा टुट्न नदिने गरि काम गर्ने वाचा पनि गरे ।
यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार पटेलले पनि जनताबाट पाइरहेको अपार माया र समर्थनले आफुहरुको उर्जा झन थपिएको भन्दै यसपालि अवसर पाए मतदाताको चाहना अनुसार नै आफु अगाडि बढ्ने बताए ।
चुनावी घरदैलोमा काँग्रेसकाअ क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव , पूर्व वडाअध्यक्ष , काँग्रेसका क्षेत्रीय सभापति रन्जित पटेल , युवा नेता धिरज गुप्ता , चन्दन सहनी , माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।