Shere Parsa
समाचार

बारामा मोटरसाइकल बसमा ठोक्किदा एक महिलाको मृत्यु

वीरगन्ज,११ कार्तिक : बाराको पथलैयामा मोटरसाइकल र बस ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा पूर्वबाट हेटौंडा तर्फ जादै गरेको बा.प्र ०३(०४ प ८९७८ नम्बरको मोटरसाइकल त्यही दिशाबाट गइरहेको ना ५ख ५८०५ नम्बरको बससँग ठोक्किदा हेटौंडा उपमहानगरपालिका–१६ हटियाकी ४५ वर्षीया होमाकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा उनका २० वर्षीया छोरा पुजल थापा मगर घाइते भएका छन् ।

दुर्घटनामा परि गम्भीर घाइते होमाकुमारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । मोटरसाइकल चालक पुजलको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

Related posts

वीरगन्जमा प्रतिबन्धित भारतीय नोट २८ लाख सहित तीन महिला पक्राउ

बालविवाह र दाईजो प्रथा नियन्त्रणको लागि समाजिक बहिस्कार जरुरी: अध्यक्ष साह

वीरगन्जमा तस्करीका तीन ट्रक सामान सशस्त्र प्रहरीद्धारा बरामद

Leave a Comment