Shere Parsa
समाचार

बालविवाह र दाईजो प्रथा नियन्त्रणको लागि समाजिक बहिस्कार जरुरी: अध्यक्ष साह


मधेसखबर
वीरगंज, २५ भदौ ।
वीरगंजमा शनिवार सम्मान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको रानिघाटस्थित सत्यम कलेजमा कालिकामाई युवा समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले समाजमा रहेको कुरुती हटाउन आवश्यक रहेको बताए ।

बालविवाह र दाईजो प्रथा न्युनिकरणका लागि सामाजिक बहिस्कार जरुरी रहेको वताउँदै उनले बालविवाह र दाइजो लिएर विवाह गरेमा त्यस्ता विवाह समारोहलाई बहिस्कार गर्नु पर्ने धारणा अध्यक्ष साहले व्यक्त गरे ।

कालिका टाईम्सका प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष साहले बालविवाह गर्नेको जम्मदर्ता, विवाह दर्ता लगायको सिफारिसमा समेत रोक लगाउन सके केही हद सम्म नियन्त्रण गर्न सकिने वताए ।

सत्यम कलेजका निर्देशक संजय यादवको अध्यक्षतामा भएको कार्यक्रममा कालिकामाई गाउँपालिकाका उपाध्यक्षकी प्रतिनिधि राधाकिशुन प्रसाद चौरसिया, बाबा बि फिल्ड प्रोडक्सनकी कलाकार सोमिया पोखरेल, निर्देशक कृष्ण पण्डित, संतोष साह, प्रिया मिश्र, कालिका एकेडमीका संचालक जय प्रकाश चौरसिया लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन युवा समाजका आकाश चौरसियाले गरेका थिए भने स्वागत मन्तव्य युवा समाज कै सुजित कुशवाहले राखेका थिए ।

कार्यक्रममा बालवाह र दाइजो प्रथा विरुद्ध काम गर्ने विभिन्न संघ÷संस्था, कलाकार र व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । युवा समाजका साबिर मियाँ, राकेश साह, शेखर पटेल, राजेश कुशवाहा, विशाल कुशवाहा लगायतकाले खादा र अविरको टिका लगाएर कदर पत्रले विभिन्न व्यक्ति र संघ÷संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

Related posts

पर्साको जगतियाबाट गाजा सहित दुइ जना पक्राउ

सोमबार थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

दिल्ली स्थित नेपाली राजदूतावासमा शेख मुन्ना सम्मानीत

Leave a Comment