Shere Parsa
समाज हेडलाइन

समाज सेवामा रुंगटा वेल फेयर सोसाइटी : छठमा गरिब विपन्न महिलाहरुलाई साडी वितरण

मधेसखबर
वीरगन्ज, ११ कार्तिक : रुंगटा वेल फेयर सोसाइटीले यस वर्षको छठ पर्बमा पनि आर्थिक रुपमा विपन्न परिवारका ब्रतालुहरुलाई छठ पूजामा चाहिने विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

सोसाइटीका कोषाध्यक्ष सुरेश रुंगटाले आफै गाँउ गाँउ पुगेर गरिब र विपन्न परिवारका महिलाहरुलाइ छठ पूजाका लागि चाहिने लत्ताकपडाका साथै अन्य सामाग्री वितरण गरेका हुन् ।

रुंगटा वेल फेयर सोसाइटीले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनामा छठको ब्रत गर्ने १७५ जना महिलालाई एक एक थान साडी वितरण गरेको छ । यसैगरि वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा २३० जना महिलालाई र वीरगन्ज कारागारमा रहेका महिला कैदीबन्दीहरुलाइ पनि ७५ थान साडी र प्रसाद बनाउन चाहिने गहुको पिठो वितरण गरिएको रुंगटाले जानकारी दिए ।

यसअघि बिहीबार पनि बाराको परवानीपुर गाँउपालिकाको चैनपुर र लिपनीमा २२० थान साडी महिलालाइ वितरण गरिएको रुंगटा वेल फेयर सोसाइटीले जनाएको छ ।

छठ पर्ब सबैको साझा पर्ब भएको र पर्बमा खर्चको अभावमा कोहि पनि पर्ब मनाउनबाट बन्चित नहोस् भन्ने उदेश्यले हरेक वर्ष छठ पर्बका बेला ब्रत गर्ने महिलाहरुलाइ सहयोग गर्दै आएको सोसाइटीका कोषाध्यक्ष रुंगटाले बताए ।

Related posts

काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : म गेट बनाउदिन, सडक, पुल र स्कुल बनाउछु

भूमि आयोग पर्साको सक्रियतामा कार्य जारी

अदालतको एक पक्षीय फैसलाका कारण दुइ सन्तानकी आमा आरती बिचल्लीमा

Leave a Comment