Shere Parsa
स्थानिय हेडलाइन

पर्सा ३ का मतदातालाई बाड्न एमाले नेताको घरमा राखिएका चापाकल बरामद

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : पर्साको विन्दवासीनी गाँउपालिकामा मतदातालाई प्रभावित पार्ने नियतले बाड्नका लागि नेकपा एमालेका नेताको घरमा राखिएको चापाकल र पाइप सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने विन्दवासीनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टी स्थित एमाले नेता धिरज चौरसियाको घरमा भण्डारण गरि राखिएका १६ थान चापाकल सेट, १६ थान जिआइ पाइप र २ हजार फिट प्लाष्टिक पाइप सोमबार प्रहरीले नियन्त्रणमा लिएर जफत गरेको हो । चौरसिया , गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ मा एमालेबाट वडा अध्यक्षका प्रत्याशी थिए ।

अमरपट्टी स्थित धिरज चौरसियाको घरमा स्थानीय मखलाल भन्ने दिपक चौरसीयाले गाँउमा बाडन भनि ल्याएर राखेको अवस्थामा चापाकल र पाइपहरु बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए ।

अमरपट्टी स्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपानेको नेतृत्वमा प्रहरी चौकी अमरपट्टीबाट समेत खटिएको टोलीले धिरज चौरसियाको घरबाट ती सामानहरु बरामद गरेको हो । बरामद गरिएका ती सामानहरु प्रहरी चौकी अमरपट्टीमा राखिएको र यस बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिए ।

 

काँग्रेसका स्थानीय नेता कार्यकर्ताले भने एमालेबाट निर्वाचित गाँउपालिका उपाध्यक्ष ज्योति चौरसियाले सोमबार गाँउपालिका कार्यालयको स्टोरबाट ती सामानहरु बुझेर मतदातालाई प्रभावित पार्नका लागि एमाले नेता धिरजको घरमा लागेर राखेको बताएका छन् ।

तर गाँउपालिका उपाध्यक्ष चौरसियाले यस बारे आफुलाई केहि थाहा नै नभएको बताइन् । उनले आफुले गाँउपालिकाको कार्यालयबाट कुनै पनि चापाकल वा पाइप बुझेर नलगेको बताइन् ।

पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा सदस्यमा जसपा–एमाले गठबन्धनबाट एमालेका राज कुमार गुप्ता र पाँच दलीय गठबन्धनबाट काँग्रेसका सुरेन्द्र प्रसाद चौधरी उम्मेदवार छन् ।

Related posts

मधेस विरोधी एमाले र जसपासंग चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्छ : रमेश रिजाल

प्रदीप यादवले गरेका कामले पर्सा १ मा जसपा प्रतिको आकर्षण झन् बढ्दै

उपेन्द्र यादव भन्छन् : सरकारबाट हामीले समर्थन फिर्ता लिएका छैनौ

Leave a Comment