Shere Parsa
राजनीति हेडलाइन

लक्ष्मीपूजाका दिन चौरसिया र पटेल घरदैलोमा पुगेर मतदाताबाट आशीर्वाद थाप्दै

मधेसखबर
वीरगन्ज,०७ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबनधनबाट नेपाली काँग्रेसका उम्मेदवारहरुले सोमबार लक्ष्मीपूजाका दिन पनि मतदाताको घरदैलोमा पुगेर मत माग्दै आशीर्वाद थापेका छन् ।

काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलले सोमबार लक्ष्मीपूजाका दिन पर्सागढी नगरपालिका वडा नम्बर वडा नम्बर ८ को हरपुर, रमौली र गंगापुरमा घरदैलो गरेका हुन् ।

त्यसक्रममा दुवै उम्मेदवारले घरघरमा पुगेर मतदातालाई भेट्दै दिपावलीको शुभकामना दिदै मतदातबाट जितको आशीर्वाद लिएका हुन् । लक्ष्मी पूजाका दिन घरदैलोमा आएका काँग्रेसका उम्मेदवारलाई मतदाताहरुले पनि अबीर टिका लगाएर जितको शुभाकमना र आशीर्वाद दिएको काँग्रेसका क्षेत्रीय सचिव रन्जित पटेलले जानकारी दिए ।

मतदाताबाट आशीर्वाद लिने क्रममा प्रतिनिधीसभा सदस्य उम्मेदवार चौैरसियाले आफु प्रति रहेको जनताको भरोसा कदापि टुट्ने नदिने वाचा पनि गरे । उनले सांसद पदमा नरहदा पनि जनताको सुखदुखमा साथ दिदै आएको कुरा सबैलाई थाहा नै भएको भन्दै आगामी दिनमा पनि आफु जनताकै माझमा रहने बताए ।

चौरसियाले भने ,‘ म नेता भन्दा पनि यस क्षेत्रका जनताको सेवक हु , जनताको हरेक सुखदुखमा मेरो साथ पहिले पनि थियो , अहिले पनि छ , भोलिका दिनमा पनि रहनेछ ।

प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलले पनि आफुले राजनीति नेता र पदकाका लागि नभइ समाजसेवाका लागि गर्दै आएको बताए । उनले चुनावमा जनताले अवसर दिए विगतका दिन भन्दा पनि अझ सकृय भएर जनताको सेवामा लाग्ने वाचा गरे ।

Related posts

हत्या आरोपमा जेलमा रहेका अफताब आलमको नाम पनि सिफारिस

जलवायु परिवर्तनको समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ : मन्त्री यादव

प्रदीप गिरि काँग्रेसकाे मात्र नभइ सबै पार्टीको साझा नेता थिए : वक्ताहरु

Leave a Comment