Shere Parsa
खेलकुद हेडलाइन

टि–२० विश्वकपमा भारतसंग पाकिस्तान फेरि पराजित

वीरगन्ज,०६ कार्तिक : टि–२० क्रिकेटको विश्वकपको पहिलो खेलमै भारतले पाकिस्तान माथि चार विकेटको रोमान्चक जित हात पारेको छ ।

 

अष्ट्रेलियाको मेलबर्न क्रिकेट स्टेडियममा आइतबार बेलुकी भएको खेलमा पाकिस्तानले जितेको १ सय ६० रनको लक्ष्य भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेर जित हात पारेको हो ।

भारतका लागि विराट कोहलीले ५३ बलमा ६ चौका र ४ छक्का सहित अविजित ८२ रन बनाए भने हार्दिक पान्ड्याले ३७ बलमा १ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । भारतलाई अन्तिम १२ बलमा ३१ रन चाहिँएको थियो । १९ औं ओभरमा हरिस रौफले १५ रन खर्चिएपछि अन्तिम ओभरमा १६ रन चाहिँएको थियो । कोहलीले अन्तिम दुई बलमा हरिस रौफलाई लगातार दुई छक्का हानेका थिए ।

अन्तिम ओभरको पहिलो बलमा हार्दिक पान्ड्या बाबर आजमबाट क्याच आउट भए । नवाजले दोस्रो बलमा दीनेश कार्तिकलाई एक रन दिए । कोहलीलाई तेस्रो बलमा दुई रन दिएपछि अन्तिम तीन बलमा १३ रन चाहिँएको थियो ।

कोहलीले चौथो बलमा छक्का हानेपछि ७ रन आवश्यक परेको थियो । छक्काको बल नो थियो । तीन बलमा ७ रन चाहिँएको थियो । लगत्तै अर्को बलमा वाइड फ्याँले ।

लगत्तै तीन रन वाइको रुपमा लिएपछि भारत जित नजिक पुगेको थियो । अर्को बलमा दीनेश कार्तिक स्टम्पिङ आउट भए । वाइड फ्याँलेपछि एक रन चाहिँएको थियो । अन्तिम बलमा दुई रन चाहिँएको थियो । फेरि वाइड फ्याँले । आश्विनले एक रन लिँदै जित पक्का गराए ।

पाकिस्तानका हरिस रौफले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । नसिम शाहले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । मोहम्मद नवाजले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक ५२ रनमा अविजित रहे । इफ्तिखार अहमद ३४ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए ।

भारतका युवा तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । भुवनेश्वर कुमारले एक विकेट लिए ।

पाकिस्तानले अव बिहीबार जिम्बावेसँग खेल्नेछ । भारतले विहीबार नै नेदरल्यान्ड्सँग खेल्नेछ । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् ।
सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

 

Related posts

पर्सामा जसपा–एमाले गठबन्धनको चेतावनी : बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही हुन्छ

मुख्यमन्त्री राउत फेरि निर्वाचित, काँग्रेसका कुर्मी १३३३ मतले पराजित

माओवादीले हत्या गरेका हिन्दु सहिद काशी तिवारीकाे शालिक वीरगन्जमा निर्माण

Leave a Comment