Shere Parsa
राजनीति हेडलाइन

सुरेन्द्र चौधरी भन्छन् : एमालेले तस्कर र अपराधीलाई टिकट दिएको छ (भिडियो सहित)

मधेसखबर
वीरगन्ज,०६ कार्तिक : पर्सा क्षेत्र नम्बर ३ मा सत्तागठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवार सुरेन्द्र चौधरीले मुकेश चौरसियाको हत्यामा एमाले नेता एंव पर्सा ३ का उम्मेदवार राज कुमार गुप्ता पनि संलग्न रहेको आरोप लगाएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रका स्वर्गीय नेता मुकेश चौरसियाको दोश्रो समृति दिवसको अवसरमा आयोजित श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै चौधरीले भने ,‘ मुकेश चौरसियाको हत्याको रगत छिटा गुप्ताको शरिरमा पनि परेको छ , उनी पनि हत्यामा संलग्न थिए ।

 

गुप्ताले नै मुकेशका हत्यारालाई संरक्षण गरेर जोगाएको आरोप लगाउदै चौधरीले भने ,‘ मुकेशका हत्याराहरु गुप्ताकै वीरगन्ज स्थित घरमा लुकेर बसेका थिए । यदि त्यस बेला केपी ओलीको सरकार नभइ दिएको भए गुप्ता पनि जेलमा जाने निश्चित रहेको भन्दै चौधरीले भने,‘ ओलीले संरक्षण गरेकै कारण गुप्ता जेल जानबाट बचे ।

हत्या सम्बन्धि मुद्धाको फाइल कहिले पनि बन्द नहुने भन्दै चौधरीले चुनाव सकिए लगत्तै फेरि जाहेरी दिने र गुप्तालाई अदालतको कठघरामा पुरयाउने चेतावनी दिए ।

चौधरीले एमालेले आफुलाई सर्वहाराको पार्टी भने पनि उ तस्कर र बलेकियाको पार्टी भएको आरोप पनि लगाए । चौधरीले भने ,‘ आफुलाई सर्वहाराको पार्टी भन्ने एमालेले चुनावमा टिकट अपराधी, तस्कर र बलेकियालाई दिन्छ , अहिले पर्सा ३ का उसका उम्मेदवारले नै पुष्टि भइसकेको छ ।

 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले नेकपा एमाले अपराधीलाई सरक्षण गर्ने पार्टी भएको आरोप लगाए ।क्षेत्रीले स्वर्गीय चौरसियाका हत्याराहरु खुलेयाम घुमिरहेको र उनिहरुलाई एमालेले संरक्षण गरिरहेको बताए ।

 

पर्सा क्षेत्र नम्बर ३ को (ख) मा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका क्षेत्रीले भने ,‘ एमालेमा राजनीतिक गर्ने नेता कम छन् , हत्यारा र अपराधीहरु बढि छन् । चौरसियाका हत्याराहरुलाई जेलको कठघरामा पुरयाउनु पर्ने भन्दै क्षेत्रीले एमाले सरकारका पालामा एमालेका मन्त्रीहरुले कोरोना महामारीका बेला समेत भ्याक्सिन र औषधीमा ठूलो घोटाला गरेको पनि आरोप लगाए ।

मुकेशको हत्या कसरी भएको थियो ?

२०७७ साल कार्तिक ६ गतेका दिन पर्साको विन्दवासीनी गाँउपालिका ५ प्रसौनीभाठामा तत्कालिन नेकपाको नवनिर्वाचित गाँउपालिका कमिटीको शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।
मुकेश , कमिटीको सचिवमा निर्वाचित भएका थिए । तर कार्यक्रममा पार्टीकै एक पक्षलाइ नबोलाइएका कारण असन्तुष्ट उक्त पक्षले कार्यक्रम स्थलमा पुगेर विवाद गरेर कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए ।
त्यहि विषयलाइ लिएर विवाद भइ दुइ पक्ष बिच झडप हुदा हिर्काइएको बासले मुकेशको टाँउको फुट्ेको थियो ।
घाइते मुकेशलाइ तत्कालै उद्धार गरि वीरगन्ज स्थित एसएल न्यूरो अस्पतालमा पुरयाएर भर्ना गरिएको थियो । उपचारका क्रममा उनको कार्तिक ८ गते शुक्रबारका दिन बिहान ९ बजे मृत्यु भएको थियो ।
घटना भएकै दिन बिहीबार साँझ प्रहरीले संविधानसभा सदस्य एंव तत्कालिन नेकपाका नेता राज कुमार गुप्ता सहित ८ जनालाइ नियन्त्रणमा लिएको थियो । तर त्यहि साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय पुरयाइएका गुप्ता सहितका ५ जनालाइ भने त्यहि दिन बेलुकी ९ बजे तिर प्रहरीले छाडि दिएको थियो ।

हेर्नुस् भिडियो : सौजन्य टि टुडे न्युज

Related posts

सत्ता गठबन्धन भित्र प्रतिनिधि सभा तर्फकाे सिट भागबन्डामा लगभग सहमति जुट्याे

लाेसपा अध्यक्ष महन्थ ठाकुर, बारा ४ बाट सिफारिस

प्रदीप यादवको जनलहर बढ्दै , माओवादी छाडेर दुइ दर्जन युवाहरु जसपा प्रवेश

Leave a Comment