मधेसखबर
वीरगन्ज, ०६ कार्तिक : पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन भन्दै अलौका स्थानीयले आइतबार भेला राखेका छन् ।
वीरगन्ज महागनरपालिका वडा नम्बर १७ अलौमा स्थानीय मतदाताले भेला राख्दै पार्टीका नेताहरु पद र पैसाकै स्वार्थमा लिप्त हुँदा आफूहरुले परिवर्तनको महशुस गर्न नपाएको भन्दै जनचाहना अनुसारको काम गर्न अब स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउनु आवश्यक रहेको बताए ।
पहिले जितेर गएका उम्मेद्वारहरु जितेपछि फर्केर पनि नआउने गरेको भन्दै मतदाताहरुले आफूहरुको सुखदुखमा साथ दिनेलाई नै मतदान गर्ने बताए ।
कुनै पनि पदमा नहुँदा पनि रुपेशमान सिंह आफूहरुको माझमा रहेको भन्दै मतदाताहरुले अबको चुनावमा उनलाई नै जिताउन आफूहरु लागि पर्ने पनि बताए ।
कार्यक्रममा स्वतन्त्र उम्मेद्वार सिंहले मतदाताले देखाएको साथ र समर्थनले आफू उत्साहित रहेको भन्दै दलको सिण्डिकेट तोड्नु पर्ने सन्देश घरघरमा पुर्याउन आग्रह गरे ।उनले आफूले ठूला सपना नबाँड्ने भन्दै यहाँको आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।