Shere Parsa
समाज हेडलाइन

बारा प्रहरीको खुलाशा : ३४ वटा टियर गयाँस हानियो तर एउटाले पनि काम नगर्दा धेरै प्रहरी घाइते भए

तस्वीर : सामाजिक सन्जालबाट

मधेसखबर
वीरगन्ज,०३ कार्तिक : बाराको त्रिवेणी स्पिनिङ उद्योगमा बिहीबार प्रहरी र मजदुर बिच भएको झडपका क्रममा बल प्रयोग गर्दा प्रहरीले प्रहार गरेका अश्रु ग्याँस (टियर ग्याँस) ले कामै नगर्दा प्रहरीलाई ठूलो क्षति भएको रहस्य खुलाशा भएको छ ।

उद्योगमा बिहीबार प्रहरी र मजदुर बिच झडप हुदा प्रहरी नायव उपरिक्षक सहित १० जना प्रहरी घाइते भएका थिए । झडपका क्रममा प्रहरीले स्थिती नियन्त्रणमा लिन ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । तरु ती मध्ये एउटा पनि अश्रु ग्याँसले काम नगरेको प्रहरीले नै बताएको छ । ३४ वटा अश्रु ग्याँस प्रहार गर्दा पनि एउटा पनि अश्रु ग्याँसले कामै नगरेकाले प्रहरी माथि ठूलो क्षति हुन पुगेको बाराका एक प्रहरी अधिकृतले बताए ।

उनले भने ,‘ आन्दोलनरत मजदुरहरुले ढुङगा मुढा गर्दै प्रहरी माथि जाइ लागेपछि स्थिती तनावग्रस्त बन्यो , प्रहरीले बल प्रयोग गर्नु परयो , तर ३४ राउण्ड टियर ग्याँस हान्दा एउटा पनि पड्कीएन , सबै ढुस्स ढुस्स मात्रै गरयो ।

ती प्रहरी अधिकृतका अनुसार , बिहीबार झडपमा प्रयोग गरिएका अश्रू ग्याँसहरु झण्डै ३७ बर्ष पुरानो रहेका कारण काम नगरेको हो । उनले भने ,‘ ती टियर ग्याँसहरु सबै २०४२ सालमै बनेका रहेछन् , त्यस कारण काम नगरेको हुन सक्छ , टियर ग्याँसले काम नगरेकै कारण मजदुरहरु झन उग्र भएर ढुङगा मुढा गरेका कारण १० जना प्रहरी घाइते हुनु परयो ।

दशैं तिहारको बोनस नपाएको भन्दै मजदुरहरुले बुधबार देखि बन्धक बनाएर राखेका उद्योगका सिइओ सहित १३ जना कर्मचारीलाई उद्धार गर्न बिहीबार प्रहरी उद्योगमा जादा प्रहरीसंग झडप भएको हो ।
झडपमा संलग्न मध्ये ७ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा सिलएर हिरासतमा राखेको छ ।

Related posts

वीरगन्जकाे दशैं मेलामा साेनार समाजद्वारा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

पर्सामा काँग्रेसको चुनावी गतिविधी तिब्र , विभिन्न चुनावी समिति गठन

देउवालाई मधेसका काँग्रेस जिल्ला सभापतिहरूको चेतावनी: उम्मेदवार छनाैटमा ध्यान दिइयाेस्, अन्यथा…

Leave a Comment