Shere Parsa
राजनीति हेडलाइन

पर्सामा बागी उम्मेदवारी दिएकाहरु जसपाबाट निश्कासीत

मधेसखबर
वीरगन्ज, ०३ कात्तिक : जनता समाजवादी पार्टी (जसपा)ले बागी उम्मेदवारलाई कारबाही गरेको छ। आफ्नै उम्मेदवार विरुद्ध बागी बनेका उनीहरुलाई अनुशासन उल्लंघन गरेको भन्दै पार्टीबाट निष्काशित गरिएको जसपाको केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।

’पार्टी नीति, निर्णय विपरित उम्मेदवारी दिने त्यस्ता उम्मेदवारहरुले पार्टी अनुशासन उलंघन गरी उम्मेदवारी कायम राखी रहेकोले उनीहरुलाई पार्टीबाट निष्काशित गरिएको अधिकारीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
योसंगै पर्सामा पनि जसपाबाट टिकट नपाएर स्वतन्त्र र अन्य दलको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका नेता र नेतृहरु जसपाबाट निकालिएका छन् ।

पर्सामा जसपाबाट टिकट नपाएपछि जिल्लाका विभिन्न प्रदेशसभा क्षेत्रमा प्रदेशसभा सदस्यमा नेतृ करिमा बेगम , जन्नत अन्सारी , मुकेश द्धिवेदी , रुपेशमान सिंह , शीव कुमार साह , गौरी शंकर साह, प्रमोद जयसवाले बागी उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले दिएको समयसीमा भित्र उनिहरुले उम्मेदवारी फिर्ता नलिएपछि यसअघि जसपाको जिल्ला कार्य समितिले गत असोज २६ गते कारबाही गर्ने निर्णय गरेको थियो । तर पछि फेरि जसपाको केन्द्रिय कार्य समितिले उम्मेदवारी निस्कृय बनाए कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

तर पर्साका जसपाबाट बागी बनेकाहरुले अहिले सम्म पनि उम्मेद्वारी निस्कृय नबनाएपछि बिहीबार केन्द्रिय कार्य समितिले पार्टीबाटै निष्काशन गर्ने गरि कारबाही गरेको हो ।

मधेस प्रदेश र अन्य केही क्षेत्रमा जसपा र नेकपा एमालेबीच तालमेल गरिएको छ। ’तालमेल भएका स्थानमा र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको छ। यसरी पार्टी निर्देशन विपरित पार्टी सदस्यहरुले उम्मेदवारी कायम राखी रहेका र पार्टीलाई असर पार्ने तथा पार्टी हित विपरित कार्य गरिरहेको हुँदा त्यस्ता उम्मेदवारहरुको पक्षमा प्रचार–प्रसार नगर्न र नलाग्न पनि सम्पूर्ण पार्टी पंक्तिलाई निर्देश गरिन्छ,’ अधिकारीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।

Related posts

पर्सा ३ को गणनामा २७२ मतपत्र नभेटिएको खुलाशा : के अब नतीजा उल्टिन्छ त ?

काँग्रेसको समानुपातिकबाट रुंगटा र मन्सुर सांसद बन्न सक्ने सम्भावना छ त ?

मुख्यमन्त्री राउतको राजीनामा बारे उपेन्द्र यादवले बोली फेरे

Leave a Comment