Shere Parsa
समाचार हेडलाइन

वीरगन्जमा पनि भुकम्पको धक्का महसुस , क्षतिको विवरण आउन बाँकी

मधेसखबर
वीरगन्ज, ०२ कार्तिक : बुधबार अपरान्ह वीरगन्ज सहित देशैभर भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार अपरान्ह ३ बजे ८ मिनेट जादाँ भुकम्पको धक्का महसुुस गरिएको हो ।

भुकम्पको धक्का पर्साको वीरगन्ज सहित बारा , रौतहट , काठमाण्डौ , चितवन , गोर्खा सहित देशैभर महसुस गरिएको सामाजिक सन्जालमा स्थानीयले लेखेका छन् ।

आफु पाँच तल्लामा बसेर काम गरिरहेका बेला अचानक दुइ पटक भुकम्पको धक्का मसुस गरेको वीरगन्ज ११ रानीघाटका सन्चारकर्मी राम सर्राफले बताए ।

भुकम्पको केन्द्र विन्दु कहा रहेको र यसबाट भएका क्षतिको बारेमा बुझने काम भइरहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

Related posts

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने

वीरगन्ज ड्राइपोर्टमा दाल भनेर प्रतिबन्धित चुरोट आयात गर्ने फर्मलाई पौने ११ करोड जरीवाना

Leave a Comment