Shere Parsa
राजनीति

स्वतन्त्र उम्मेदवार रुपेशमानका समर्थकहरुको चुनावी प्रचार निरन्तर

मधेसखबर
वीरगन्ज,०१ कार्तिक : पर्सा क्षेत्र नम्बर २ को (ख) का प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेका छन् ।

स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त थालेको घरदैलो अभियान मङ्गलबार पनि जारी रह्रयो । घरदैलो अभियानको तेस्रो दिन मङगलबार सिंहका समर्थकहरुले वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाँका मतदाताको घरघर पुगेर सिंहलाई मतदान गर्न आग्रह गरेका छन् ।
सिंहलाई मतदाताहरुले घरघरमा स्वागत गर्दै पार्टीका उम्मेद्वारबाट कुनै काम नभएकाले अब स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन मतदान गर्ने बताए ।स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै गाउँगाउँबाट स्वस्फूर्त मतदाताहरु आफैँ अभियानमा सरिक भइरहेका छन् ।
घरघरबाट स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउने अभियानमा मतदाता नै उत्रिए पछि यस क्षेत्रमा दलीय गठबन्धनका दुबै उम्मेद्वारका लागि सिंह भारी परेका छन् ।
घरघरबाट मतदाता नै स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउने अभियानमा स्वस्फूर्त लाग्नुले सिंहको लोकप्रियता बढ्दै गएको देखिएको छ ।

Related posts

पर्सा ४ मा रिजालको भव्य स्वागत ,मतदाता भन्छन् : दुखसुखमा साथ दिनेलाई नै भोट दिन्छौ

हत्या आरोपमा जेलमा रहेका अफताब आलमको नाम पनि सिफारिस

४३ वर्ष देखि काँग्रेसमा रहेका वीरगन्ज १० का प्रमानन्द साह कानुद्धारा पार्टी परित्याग

Leave a Comment