Shere Parsa
राजनीति हेडलाइन

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि एकजुट भएर लागे

मधेसखबर
वीरगन्ज, ०१ कार्तिक : नेकपा एमालेका नेता कार्यकर्ताहरुले पनि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई जिताउन मतदाताहरुसंग आग्रह गरेका छन् ।एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवलाई जिताउन आग्रह गर्दै एमालेका नेता कार्यकर्ताहरुले आग्रह गरेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा मङगलबार प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवसंगै प्रदेशसभा सदस्यका एमाले उम्मेदवार विचारी यादवले रोड शो गर्दै मतदाताको घरदैलोमा पुगेर प्रदीप यादवलाइ अत्याधिक मतले विजयी बनाउन आग्र गरे । एमाले नेता एंव उम्मेदवार विचारी यादवसंगै रहेका एमालेका नेता कार्यकर्ताले पनि प्रदीप  यादवलाई मतदान गर्न मतदातासंग आग्रह गरे ।

जसपा एमाले गठबन्धनले मङगलबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १३ को मुर्ली र नयका टोला, वडा नम्बर १४ को पिपरा, बहुअरी र वडा नम्बर १८ को सुखचैना र लीपनीवीर्तामा रोड शो गरेको हो ।

रोड शो का क्रममा मतदाताको घरदैलोमा पुगेका दुवै उम्मेदवारले जसपा–एमालेको पबित्र गठबन्ध प्रति स्थानीय जनताले दर्शाएको आत्मियता र समर्थनले आफुहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए । उनिहरुले मधेस र समग्र देशको हितमा यो चचुनावी गठबन्धन बनेको यथार्थ जनताले बुझिसकेकाले आसन्न निर्वाचनमा आफुहरुकोे जित सुनिश्चित हुदै गएको पन जिकिर गरे ।

म्तदातासंगको भेटघाटका क्रममा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार विचारी यादवले पर्सा १ को समृद्धिका लागि फेरि पनि एक पटक सांसदमा प्रदीप यादवलाई जिताउन आवश्यक रहेको बताए । उनले जनताको हरेक सुखदुखमा प्रदीप यादव साथमा रहदै आएको भन्दै काम गर्ने नेतालाई जनताले जिताउनेमा आफु ढुक्क रहेको बताए ।

मङ्गलबारको रोड शो कार्यक्रममा प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवसंगै नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा , जिल्ला समन्वय समिति पर्साका पूर्ब प्रमुख जन्नत अन्सारीका साथै एमाले र जसपा दुवै दलका स्थानीय नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

 

Related posts

अजय द्विवेदीले पाए चुनाव चिन्ह माछा

वीरगन्जको अलौंमा कौडाको खालबाट चार जुवाडे पक्राउ

काँग्रेसका नेता अन्सारी जसपामा प्रवेश

Leave a Comment